gulminews logo
बिहीबार, २०८१ बैशाख १३

जनज्योती माविको हिरक महोत्सवको अगावै १० लाख चन्दा वोल

कमल पौडेल
गुल्मी, २१ मंसिर । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौंदि अरेवाको जनज्योती माविमा हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको २ महिना अगावै १० लाख वोल चन्दा रकम संकलन भएको छ।

हिरक महोत्सवको अवसर पारेर यहि फागुन १ देखि ९ गते सम्म विद्यालयको सर्वाङ्गीण विकासको लागि गरिने श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको तयारी तथा प्रथम बोल भेलामा सो रकम चन्दा वोल भएको हो।

जस अनुसार वडा अध्यक्ष समेत रहनुभएका महोत्सव तथा यज्ञका संयोजक पूर्ण बहादुर हितानले १ लाख २५ हजार ५ सय ५५, आर्थिक समितिका संयोजक समेत रहनुभएका सुवेदार जित वहादुर पाठकले १ लाख ११ हजार १ सय ११ र हवल्दार मित्रलाल घिमिरेले १ लाख ५ हजार रुपैँया सहयोग घोषणा गरेका छन् । त्यस्तै विद्यालयका प्रधानाध्यापक समेत रहनुभएका इश्वरी प्रसाद आचार्यले १ लाख १ हजार १ सय ११, हवल्दार डालेश्वर भुसालले ५० हजार ५ सय ५५, पूर्ण प्रसाद भुसालले ५० हजार १ सय ५१, नर वहादुर भुसालले ५० हजार १ सय ५१ रुपैया सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।

सहयोग घोषणा गर्ने थप महानुभावहरुमा रामलाल चालिसेले २१ हजार १ सय ५१, महालक्ष्मी घिमिरेले २१ हजार, गिता दर्लामीले २० हजार १ सय ५१ सहयोग गर्ने प्रारम्भिक घोषणा गर्नुभएको छ। त्यस्तै नवजागरण आमा समुहले ३६ हजार ५ सय १, भगवती महिला समुहले ३५ हजार, तथा हरियाली माइस्थान आमा समुहले ३० हजार, बालयोगेश्वर फाउण्डेसनले २५ हजार ५ सय ५५ रहेका छन् ।

शुक्रवार (आज) विद्यालयको प्राङ्गणमा भएको भेलामा विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता बालयोगेश्वर महाराज जीले सवै सहयोग दातालाई खादा ओडाएर प्रारम्भिक सम्मान गर्नुभएको थियो। हिरक महोत्सव तथा महायज्ञमा राशि अनुसारको सम्मान गरिने विद्यालयले जनाएको छ। सो कार्यक्रममा बालयोगेश्वर महाराज जी ले विद्यालयको वृहत्तर हितको लागि खुल्ला हृदयले सहयोग गर्न सवैलाई आग्रह गर्नुभएको थियो।

यहि फागुन १ देखि ७ गते सम्म सञ्चालन हुने महायज्ञले जनज्योती माविलाई यस क्षेत्रकै अब्बल विद्यालय वनाउन सहयोग पुर्याउने उद्घोष गर्दै बालयोगेश्वर महाराज जीले भौतीक सुख संगै मनमा खुसिको लागि शिक्षा जस्तो पवित्र क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको थियो।

कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य तथा गुल्मी शाखाका अध्यक्ष सुरेश भुसालले गाई, गंगा, गिता, गणेश र गायत्रिको अपमान भैरहेको भन्दै सनातन धर्मले नै सवैको हित गर्ने वताउनु भएको थियो। कार्यक्रममा पूर्व गाविस अध्यक्ष हिरा गिरिले कार्यक्रमसंगै अवसर र चुनौती दुवै थपिएको भन्दै सवैजना एकजुट भएर मात्रै कार्यक्रम सम्पन्न गर्न सकिने वताउनु भएको थियो।

कार्यक्रम वडा अध्यक्ष तथा मुल समारोह समितिका संयोजक पूर्ण वहादुर हितानको अध्यक्षता, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भुपेन्द्र रायमाझिको स्वागत मन्तव्य तथा विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो। २०१६ सालमा स्थापना भएको विद्यालय २०४५÷४६ सालमा निमावि तह तथा २०६६ साल देखि माध्यमिक तहमा संचालन हुँदै आएको छ। विद्यालयमा प्रावि तहको ४ स्थायी दरवन्दि १ राहत र निमावि तहको ४ दरवन्दि रहेको छ। हाल विद्यालयमा १८ जना शिक्षक तथा २ सय ७५ जना विद्यार्थी रहेका छन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D