जनजातिहरुको लागि आधारभूत पत्रकारिता तालिम सञ्चालन

कौरव खत्री
गुल्मी, १९ जेठ । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको आयोजनामा एक हप्ते आधारभूत पत्रकारिता तालिम गुल्मीमा सञ्चालन भइरहेको छ ।

इश्मा गाँउपालिका २ छल्दी पनाहमा सञ्चालित तालिममा गाँउपालिका वडा नं. १ देखि ४ वडा भित्रबाट गरि १६ जना जनजाती महिला पुरुष प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

इश्मा गाँउपालिकाको लक्षित बर्गका कार्यक्रम अन्र्तगतको आर्थिक सहयोगले आदिवादी जनजाती युवा युवतीहरुलाई लक्षित गरेर सञ्चारको पँहुचबाट नजिक ल्याउन र सूचना सञ्चारका बारेमा जानकारी गराउने उद्देश्य अनुरुप एक हप्ते आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गरिएको नेपाल आदीवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष गणेश सारु मगरले जानकारी दिए ।

तालिममा पत्रकार कौरव खत्री, मनु सुनार, गणेश सारु लगायतका प्रशिक्षकहरुले सुचना सञ्चार एवं समाचार लगायतका विषयमा तालिममा प्रशिक्षण दिएका थिए । तालिम २२ गतेसम्म सञ्चालन हुने छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ