श्रीमानले अर्की श्रीमती ल्याउन नमानेपछी झुण्डिएर आत्महत्या

प्रेम सुनार
बुटवल, असार २५ । श्रीमानले अर्को विवाह गरे पछि कतिपय श्रीमतिहरु सम्वन्ध विच्छेद माग्ने, वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्महत्या समेत गरेका घटना बाहिर आईरहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दवाव दिईरहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमानले उक्त विवाह गर्न नमाने पछि आत्महत्या गरेकी छन् ।

बडीगाड गाउपालिका वडा न ९, साविकको दर्लिङ गाबिस वडा न १ निबासी डिल बहादुर मल्लकी ४३ बर्षिया श्रीमती गीता मल्लले गएराती झुण्डिएर आत्महत्या गरेकी हुन् । साँझ श्रीमानसँगै खाना खाइ श्रीमानलाई बिस्तारा समेत लगार्इदिर्इ तपाईं सुत्नुस म टिभी हेर्छु भनी कोठाबाट बाहिरिएकी थिर्इन् मल्ल । सधै टिभी हेरेर आएर सुत्ने भएको हुँदा श्रीमान् पनि सुतेको र बिहान ३ बजे ब्युझेर हेर्दा श्रीमतीलाई नदेखेपछी श्रीमानले घर नजिकै रहेको गोठको माथिल्लो तलामा मृत अवस्थामा फेला पारेपछी स्थानियलाई हार गुहार गरी बोलाएको वडा अध्यक्ष कृष्ण केसीले बताए।

लगत्तै सबैजना जम्मा भै ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरेका थिए । त्यस कार्यालयका प्रहरी नायव निरीक्षक भोजबहादुर बाँनियाले सो घटना को पुष्टी गरेका छन् ।

अहिले बुर्तिबाङ ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली आइ मुचुल्का उठाई शब पोस्ट्मार्टमका लागि बुर्तिबाङ स्वाथ्य केन्द्रमा केन्द्र लगिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए।

उनले सुसाइड नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउं’दै श्रीमानलाई अर्को बिवाह गर्न अनुरोध गर्दै आफ्नी बिवाहित छोरीलाई पनि आफू रहुन्जेल श्रीमानले बिवाह नगरेको भन्दै आफू मरेपनि बुवालाई अर्को बिवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छिन ।

उनिहरुको एक छोरी मात्र रहेको र उनको केही समय पहिले गुल्मीमा बिहे भैसकेको थियो । गिताले आफू बाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक पटक अर्को बिवाह गर्न अनुरोध गरे पनि श्रीमानले अर्को बिवाह गर्न आवश्यक नरहेको भन्दै बिवाह गरेका थिएनन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D