gulminews logo
शनिबार, २०८१ बैशाख १५

छोरा–छोरीले कमाए आफै रमाए, बुढेशकालको साहरा सामाजिक सुरक्षा भत्ता

अधिकांशले औषधी उपचार र घर खर्च धान्दै

टोपलाल अर्याल
गुल्मी, ११ जेठ । मुठ्ठीभरी पैसा । हर्षले खुलेका ओठ । औलामा थुक लगाउँदै पैसा गन्न व्यस्त इस्मा गाउँपालिका २ की मनी दमाई । गाउँमै सामाजिक सुरक्षा भत्ता बुझेपछि निकै खुसी थिइन् । हामीले सोध्यौँ, ‘बजै थोरै दिएर ?’ उनी बोलिनन्, तर तीन पटक गनिन् । पैसा गनेर सकेपछि फेरिसोध्यौँ ‘यो पैसा के गर्ने बजै ?’ मनीले जवाफ फर्काइन, ‘औषधी उपचार र खानै ठिक्क हुन्छ बाबु ।’ कमाएर दिने कोहि नभएकाले बुढेशकालमा बृद्धाभत्ता नै आफ्नो शाहारा भएको उनले बताइन् ।

सामाजिक सुरक्षा भत्ताले कैयन बृद्ध–बृद्धाको जिविकोपार्जन र सामान्य औषधी उपचारमा सहजता प्रदान गरेको छ । कमाई नहुनेले घर खर्च धानेका छन् । कमाई हुनेले पनि आफ्नो आवश्यकता पुरा गर्न सामाजिक सुरक्षा भत्ता खर्च गर्छन् । अहिले लकडाउन थपिदै गएकाले कति बिपन्न परिवार समस्यामा परेका छन् । न खाने अन्न नत खर्च गर्ने पैसा । यो अवस्थामा जेष्ठ, जेष्ठ दलिल, विद्युवा र अपाङ परिवारमा सामाजिक सुरक्षा भत्ताले निकै गुन लगाएको छ । कुमारी कुवर ११ बर्षदेखि एकल छन् । श्रीमान खडग बहादुर सुन्निने बिमारले बिते । तीन भाई छोरासहितकोे परिवार । खानपान र पढाई खर्चले कुमारीले कैयन चुनौति खेपिन् । तर एकल महिला भएकै कारण सरकाले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताले ठुलो हिम्मत पलाएको छ । ‘कमाउने घरमुली नभएकै बर्षौ भए, मजदुरी नगरे के खाने,’उनले भनिन,‘चार महिनामा आएको आठ हजारले पनि कति ठुलो काम गर्छ ।’
७० बर्षीय बोमी रेश्मीले पहिलो पटक भत्ता बुझिन् ।

सामाजिक सुुरक्षा बुझन आएका इस्मा गाउँपालिका २ का हुम बहादुर र बोमी रेश्मी । उनीहरु श्रीमान–श्रीमती हुन् ।

श्रीमान हुम बहादुरले भत्ता बुझन थालेका दुई बर्ष भए । अहिले भत्ता बुझन दुवै जनासंगै आएका थिए । श्रीमान–श्रीमतीले चार महिनाको १२÷१२ हजारका दरले २४ हजार बुझे । बोम बहादुरले भर्खरै अलसरको अप्रेशन गरेका छन् । उनको औषधीमै थुप्रै पैसा आवश्यक पर्छ । त्यो माथी घर खर्च पनि आफैले गर्नु परेकाले बच्ने कुरै थिएन् । अहिलेबाट श्रीमतीले पनि भत्ता बुझेकाले केहि राहत भएको रेश्मीले बताए । ‘छोरा–छोरीले कमाए आफै रमाए बुढा–बुढीको व्यथा कसलाई के थाहा,’उनले भने,‘भत्ताले क्रृण खोज्न परेको छैन् ।’

हस्तिचौरकै ७२ बर्षीय ठान बहादुर सार्कीलाई सामान्य खर्चको लागि कसैको आश गर्नु पर्दैन् । चार महिनामा १२ हजार आउँछ । भत्ताले मासु, घिउ र अन्य खान मन लागेको आफै किन्ने र कहिलेकाँही सामान्य बिरामी परे क्रृण खोज्न वा छोरा–छोरीसंग माग्न नपर्ने उनले बताए । स्थानीय तहसंगै जनप्रतिनिधी घरमै आएर भत्ता वितरण गर्ने गरेका छन् । ‘सुरुमा रातडाँडाबाट भत्ता बुझथ्यौ,’उनले भने,‘अहिले घर–घरमै आएर दिन थालेकाले धेरै सजिलो भएको छ ।’

सोहि स्थानका गिर बहादुर र लालमति परिवार पनि घर नजिकैबाट भत्ता बुझ्न पाएपछि खुसी छन् । भत्तासहित गाउँमा अरु काम पनि गर्ने भएकाले घर खर्चसंगै सानो–सानो क्रृण पनि बुझाउन थालिएको गिर बहादुर परियारले बताए । उनले खाद्यन्न र औषधी पसलमै थुप्रै तिर्न पर्ने भएकाले एक जनाको भत्ता त्यतै ठिक्क हुने बताए । इस्मा गाउँपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता दुई चरणमा वितरण गरेका इस्मा गाउँपालिकाल सामाजिक सुरक्षा वितरण समितिको संयोजक बिमला खत्रीले जानकारी दिइन् । कोरोना संक्रमणकै बिचमा पनि सामाजिक सुरक्षा भत्ताले जिविकोपार्जन गरेका विपन्नको अवस्थालाई मध्ये नजर गरेर सामाजिक दुरीलाई समेत ख्याल गरेर भत्ता वितरण गरिएको खत्रीले बताइन् । ‘सामाजिक सुरक्षा भत्तासंग मानिसका कैयन संवेदना जोडिएका छन्,’उनले भनिन,‘गाउँमै गएर वितरण गर्दा धेरै खुसी छन् ।’

घर नजिकै सामाजिक सुरक्षा भत्ता पाएपछि खुसी हुँदै इस्मा गाउँपालिका २ की मनी दमाई ।

सरकारले जेष्ठ नागरिको लागि मासिक तीन हजार, दलित जेष्ठको लागि दुई हजार, एकल तथा बिधवाको लागि दुई हजार, दलित बालबालिकाको लागि चार सय, पुर्ण अपांगको लागि तीन हजार र अति अपांगको लागि १६ सयको व्यावस्था गरेको इस्मा गाउँपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापाले जानकारी दिए । उनले गाउँपालिकाका ६ वटै वडामा गरेर १२ सय २७ जेष्ठ नागरिक, चार सय २९ जेष्ठ दलित, ६ सय २७ बिद्युवा एकल, ४८ पूर्ण अपांग, एक सय १७ आंशिक अपांग र तीन सय ८४ जना दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D