छत्रकोट गाउँपालिकाको छैठौँ गाउँसभा सम्पन्न, झन्डै ३७ करोड रुपैँयाको बजेट पेश

अमर पन्थ
गुल्मी, असार ११ । गुल्मीको छत्रकोट गाउँपालीकाले आर्थिक वर्ष २०७६/७७ को बजेट गाउँसभामा पेश गरेको छ ।

गाउँपालीका उपाध्यक्ष नर्मदा भण्डारीले ३६ करोड ७२ लाख २५ हजार ५ सय ९७ रुपैया ५० पैसा बराबरको अनुमानीत बजेट गाउँसभामा पेश गर्नुभएको हो ।

गाउँपालीका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षतामा बजेट गाउँसभामा पेश गरिएको हो । गाउँपालीकाले आर्थिक बिकास तर्फ ३ करोड २५ लाख ७० हजार बजेट बिनियोजन गरेको छ ।

कृषिलाई प्राथमिकतामा राखी न्युनतम चार सय व्यवसायिक कृषकहरुमाझ कार्यक्रम पुर्याउन, उत्कृष्ट कृषकलाई पेन्सन दिनुका साथै कृषि औजार र प्रविधिका लागि कृषि र पशुपालन क्षेत्रमा ७३ लाख रुपैँया बजेट बिनियोजन गरेको छ ।

पर्यटनमा १० लाख तथा सहकारीको लागी ५ लाख रुपैँया बजेट बिनियोजन गरेको छ । यस्तै समग्र पुर्वाधार क्षेत्रको बिकासको लागि ५ करोड ९६ लाख ९० हजार रुपैँया र सामाजिक बिकासको लागि ३ करोड १६ लाख ९० हजार रुपैँया बजेट बिनियोजन गरेको अध्यक्ष पन्तले बताए ।

यता बन, वातावरण र बिपद व्यवस्थापनका लागि ३९ लाख ५० हजार रुपैँया र गाउँपालीकाले संस्थागत बिकास तथा सुसाशनको लागि ८८ लाख २५ हजार ५ सय ९७ रुपैया पचास पैसा छुट्टाईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ