gulminews logo
शुक्रबार, २०८० चैत्र १६

छत्रकोटमा संघिय सरकारको घोषणा अनुरुपको तलब भत्ता उपलब्ध गराउन माग

२९ पुस, गुल्मी । नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गुल्मीले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थलाई बिभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा हाल सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र कार्यालय सहयोगीहरुले लामो समयदेखि न्यूनतम तलवमा सेवा गर्दै आएको सर्वविधित नै भएको उल्लेख गरिएको छ । आ.व.०७८।०७९ को बजेटमा माननीय अर्थमन्त्री ज्यूबाट बजेट भाषण मार्फत सडघीय सरकारले मासिक रु ८ हजार र स्थानीय सरकार मार्फत रु ७ हजार भुकानी गर्ने गरी मासिक रु.१५ हजार घोषणा गर्नुभएको कुरा सर्वत्र जानकारीमा नै रहेको छ ।

छत्रकोट गाउँपालिकाले अन्यत्र गाउँपालिकामा तलब वृद्धि नगर्दा पनि अगावै रु ४हजार समान रुपमा तलव वृद्धि गरेकोमा हाम्रो संगठनले सकारात्मक रुपमा लिएको छ । तर हाल सबै स्थानिय तहहरुले संघिय सरकारको बजेटमा दिएको आदेश अनुसार तलव भुक्तानी भइरहेको सन्दर्भमा यस गाउँपालिकाले आ.व. २०७८÷०७९ को गाउपालिकाको नीति तथा कार्यक्रममा समेट्न नसकेको प्रति हाम्रो सङगठनको ध्यान आकर्षण भएको छ ।

तसर्थ तत्काल सड़घीय सरकारले घोषणा गरे अनुरुपको तलब भत्ता उपलब्ध गराइयोस भनि यो ज्ञापन पत्र पेश गरिएको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D