gulminews logo
शुक्रबार, २०८० चैत्र १६

छत्रकोटको पहिलो निर्णय: दूई एम्बुलेन्स खरिद गरेर संचालन

टोपलाल अर्याल
गुल्मी, जेठ ०५ । छत्रकोट गाउँपालिकाका नयाँ जनप्रतिनिधीले पहिलो दिन चार निर्णय गरेका छन् । पहिलो निर्णय ः दुई एम्बुलेन्स खरिद गरेर सेवा बिस्तार गर्ने रहेको छ ।

वडा नं १,२,३ र ४ को लागि श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा एक र वडा नं ५ र ६ को लागि खज्र्याङमा स्वास्थ्यचौकीमा रहने गरेर एउटा एम्बुलेन्स खरिद गरेर संचालन गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यस्तै वडा नं छत्रकोट गाउँपालिका ६ दौघाको खानेपानी समस्या समाधान गर्न ०७८÷०७९ को खर्च नहुने बजेटबाट रु तीन लाख बिनियोजन गर्ने, सर्वसाधरण जनताको सेवा प्रबाहलाई सहज र सरल बनाउन हेल्प डक्स स्थापना गर्ने, वडास्तरबाट सिफारिस भएर आएका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका योजनाहरुलाई कार्यान्वयन गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख पाण्डेयले बताए ।

उनले निर्वाचन परिचालनको क्रममा नागरिकको बिचमा पनि एम्बुलेन्सको व्यावस्था नगरेसम्म आफु सरकारी साधनको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D