चौरजहारी घटनामा संलग्नलाई कडा कारवाही गर्न गुल्मीका दलित अधिकारकर्मीको माग

मनु सुनार
गुल्मी, जेठ १५ । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको दलित युवा र उनका साथीहरुको हत्या र सांघातिक आक्रमणप्रति गुल्मीका दलित अधिकारकर्मीहरुले सरकारसँग घटनामा संलग्नलाई कडा कानुनी कारवाहीको माग गरेका छन् ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा गत शनिबार जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र उनका साथीहरु टिकाराम सुनार, लोकेन्द्र सुनार र गणेश वुढा मगरको हत्या भएको थियो । घरेलु हातहतियार सहित लखेटी लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी क्रुर र ज्यादती ढङ्गले नरसंहार एवं हत्या गरी उनीहरुलाई भेरी नदीमा फालेको र सञ्जु वि.क, गोविन्द शाहीलाई वेपत्ता बनाएको घट्ना अत्यन्तै निन्दनीय भएको उल्लेख गरिएको छ।

सुष्मा मल्ल र नवराज विक बीच प्रेम सम्वन्ध भएको र गत शनिबार जेठ १० गते प्रेमीका सुष्माले विहे गर्न भनि बोलाएको बताईएको छ । नवराजको घरतर्फ जाँदै गर्दा त्यहाँका वडा अध्यक्ष, केटीका बुवाआमा सहित गाउँका दुई तीन सय जनाको समुहले लखेटी–लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी भेरी नदीमा फालेको घटनाले कानुनी राज्य माथि प्रश्न चिह्न खडा भएको उल्लेख गरेका छन् । बिहिबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै त्यस घटनामा संलग्नलाई नेपालको संविधान र मुलुकी अपराध संहिता ऐन – २०७४ ज्यान सम्वन्धि कसुर र जातीय भेदभाव तथा छूवाछुत कसुर अन्तरगत हदैसम्मको कानुनी कार्वाहीको जोडदार माग समेत गरेका छन् ।

त्यस घट्नाले नेपालको संविधान, छूवाछुत मुक्त राष्ट्र र नेपाल सरकारले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको सवै प्रकारका जातीय विभेद सम्वन्धि अन्तराष्ट्रिय महासन्धि लगायतको उपहास भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्लास्थित दलित साझा मञ्च, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित संघ, दलित महिला संघ, दलित पत्रकार संघ, परियार सेवा समाज लगायतका दलित संघ सस्थाहरुको गम्भिर ध्यान आर्कषण भएको भन्दै त्यस घटनाप्रति घोर भत्र्सना गर्दै खेद प्रकट गरेका छन् ।

घट्नाको छानविन गरी यथाशक्य घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग जोडदार माग गरिएको छ । अन्यथा, कडा आन्दोलनमा उत्रने र आन्दोलनवाट जातीय भेदभाव तथा छूवाछुत मुक्त राज्यले महंगो मूल्य चुकाउनु पर्ने समेत यस विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ