अनिल खत्री
२६ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवका दोस्रो दिनका कार्यक्रम सम्पन्न भएका छन् । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।
महोत्सवमा प्रत्येक दिन हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसँगै गुल्मी जिल्लाबाट राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ । जस अनुसार महोत्सवको दिन चैत २६ गते शनिवारका दिन लोप्रिय गायक चन्द्र शर्मा, कुलेन्द्र बिक, सीता राना, अनु राना, लालुमाया कुँवर, लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो ।
१० दिनसम्म चल्ने महोत्सवमा साँस्कृति कार्यक्रमको संयोजन लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले समन्वय गरेको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । शनिवार करिव ६ हजार वढि दर्शकले अबलोकन गरेको आयोजकले जनाएको छ ।
महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधीभर प्रर्दशन गरिएको छ । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो ।
तर कोरोना महामारीले गर्दा तोकीएको समयमा गर्न सकेको थिएनन् । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिइएको छ ।
महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहेका छन् ।
महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
महोसत्वको तेस्रो दिनका कलाकारहरुमा राधिका हमाल, रमेशराज भट्टराई, कसुल वेल्वासे, सन्तोष केसी, तुल्सिंह रनपछाई, उज्वल गिरी, कुुसुम परियार, समिक्षा विसी लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।