gulminews logo
बुधबार, २०८१ बैशाख १२

चौथो गुल्मी महोत्सवलाई सफल बनाउन राजनितिक दलको सहयोग

अनिल खत्री
२६ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवलाई सफल बनाउन गुल्मी जिल्ला स्थित क्रियाशिल राजनितिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहिवार गुल्मी उद्योग बाणिज्य संघको सभाहलमा भएको छलफलमा जिल्ला स्थित क्रियाशिल राजनितिक दलका प्रनितिधीहरुले जिल्ला वासीको महोत्सव भएकाले यसलाई सफल बनाउन आफनो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कोरोना महामारीका कारण केहि वर्ष रोकिएको महोत्सवले सबै व्यवसायिक क्षेत्र तर्फ चलाएमान बनाउने दलहरुको तर्क रहेको थियो । जिल्लाको जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसँगै पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्नेभएकाले महोत्सवलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा राजनितिक दलका प्रतिनिधीले जोड दिएका थिए ।

गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको हो ।

महोत्सवलाई सफल बनाउन प्रचारप्रसारसँगै बिभिन्न उद्योगी व्यसायीलाई भेटनको लागि बाणिज्य संघको टोली शुक्रवार बुटवल जाने कार्यक्रम रहेको छ । चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ ।

महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए ।

त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D