gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

चौथो गुल्मी महोत्सवको रौनक बढ्दै, होमस्टेबाट प्रचार–प्रसार

टोपलाल अर्याल
गुल्मी, ११ फागुन। आगामी २१ चैत्रदेखि १ बैशाखसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवको रौनक बढ्दै गएको छ । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको छ । महोत्सवको पुर्व सन्ध्यामा प्रचार–प्रसारलाई तिव्रता दिदै गइरहेको छ ।

होमस्टेमा पत्रकार सम्मेलन

बाणिज्य संघले पछिल्ला महोत्वहरुमा बिशेष स्थानहरुमा पुगेर पत्रकार सम्मेलन गर्ने गरेको छ । सोहि अनुसार शनिबार प्रस्तावित भंगारी होमस्टेमा पत्रकार सम्भेलनको आयोजना गरेर महोत्सवको बारेमा जानकारी गराइएको गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए । उनले होमस्टेसंगै महोत्सवको प्रचारका लागि पत्रकार सम्मेलन सदरमुकाम बाहिर गएर गरिएको बताए । तेस्रो गुल्मी महोत्सवमा पनि पत्रकार सम्मेलन तथा बैठक बिचित्र गुफा भित्र सम्पन्न गरिएको भुसालले बताए । प्रस्तावित भंगारी होमस्टे संचालनको लागि वडा कार्यालय मार्फत एक लाख बजेट बिनियोजन गरेर संरचना निर्माणको काम भइरहेको छ । पर्यटकीय स्थान रेसुङाको काखमा अवस्थित भंगारी गाउँ कला संस्कृतिको दृष्टिले पनि अब्बल रहेको छ । यो गाउँ सदरमुकाम र पक्की सडकबाट नजिक पर्छ । जनजाति समुदायमा प्रख्यात घाटु, सोरठी र सालैजो र जाति बिशेषका परिकारद्धारा पाहुनाहरुलाई स्वागत गरिने वडा सदस्य यज्ञमुर्ति थापा श्रीसले जानकारी दिए । उपल्लो भँगारीमा करिव २० घर जनजाति समुदाय बसोबास गर्दै आएका छन् ।

महोत्सव निरन्तरता मात्रै होइन : भलामी

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिती संयोजक श्रीप्रसाद भलामीले चौथो गुल्मी महोत्सव अरु बर्षमाभन्दा पृथक बनाउने योजना रहेको बताए । ‘यो महोत्सव बिगतका बर्षको निरन्तरता होइन, बेग्लै र परिस्कृत गराउँछौ,’उनले भने,‘सवैको सहयोग र सद्भावको खाँचो छ ।’ उनले अहिले महोत्सवका स्टलमा बाहिरको व्यापार मात्रै नभएर जिल्लाको कृषि, उद्योग, घरेलु उत्पादनसंगै बौद्धिक उत्पादनका स्टल समेत प्रर्दशनमा राखिने बताए । उनले महोत्सवमामा बाहिरको व्यापार मात्रै किन भन्ने पत्रकारको जिज्ञासाको खण्डन गर्दै जिल्लाका व्यापारीहरुको सक्रियताका आधारमा त्यो कुरा निर्भर हुने बताए ।

८० हजार दर्शक ३ करोड कारोवार

गुल्मी उद्योग बाणिज्य संघले चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने र तीन करोड बराबरको कारोकबार गर्ने अपेक्षा राखेको छ । जसका लागि दुई सय ५० स्टल रहने गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष इश्वरी प्रसाद पौडेलले जानकारी दिए । कृषि तथा उद्योगका उत्पादनको प्रर्दशनको लागि ३५ स्टलहरु निशुल्क राखिने पौडेलले बताए । आवश्यकताका आधारमा बढाउँदै जाने समेत निर्णय भएको उनले बताए । महोत्सवलाई व्यस्थित गर्न २९ उपसमिति गठन गरिएको छ । महोत्सव नजिक भएकाले सवै उपसमितिले आआफ्नो काम अगाडी बढाएका छन् ।

घरेलुले उत्पादनलाई प्राथमिकता

सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघका सचिव राजकुमार कक्षपतिले बताए । जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । साथै अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, इस्माली कोदो महोत्सव अवधिभर राखिने छ । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने बाणिज्य संघका सचिव कक्षपतिले बताए । भने महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुंगा, कंके देउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको बृतचित्र संगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D