gulminews logo
शुक्रबार, २०८० चैत्र १६

चैतमा हुने, महोत्सव दुइ दिन अघि स¥यो, गुल्मीका १ दर्जन संस्थाको सहयोग

अनिल खत्री
२८ फागुन, गुल्मी । गुल्मीमा प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेला २०७५ दुइदिन अघि सरेको छ । जिल्लामा रहेको चेम्बर अफ कर्मश गुल्मीले यहि आउदो चैत २२ गते देखी बैशाख २ गते सम्म गर्ने भनिएको महोत्सवलाई २ दिन अघि सारेर चैत २० गतेबाट ३० गते सम्म गर्ने निर्णय भएको महोत्सव मुल आयोजक समिति सहसंयोजक नवराज भुसालले बताए ।

बिशेष कारणले तोकिएको मिति भन्दा २ दिन अघि अर्थात चैत २० बाट ३० गते सम्म सदरमुकाम तम्घासमा महोत्सव सञ्चालन हुने गुल्मी चेम्बर अफ कमर्शले जनाएको छ । महोत्सव हुने मिति नजिएसँगै मुल आयोजक समितिले जिल्ला स्थित बिभिन्न संघ संस्थाहरुसँग महोत्सव सम्पन्न गर्न सहकार्य गर्ने काम भइरहेको भुसालले बताए ।

मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि सह– आयोजकमा होटल व्यवसायी मञ्च संघ, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी, गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् । भने सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोटिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्र्पोट क्लव, महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लाका १ दर्जनसहयोगी संस्थाहरु रहेका छन् ।

उनले जिल्लामा गर्न लागिएको महोत्सव सम्पूर्ण गुल्मेलीहरुको रहेकाले सबैको सहयोग र सदभाव जरुरी रहेको बताए । जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने बताए ।

महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने गरि महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समिति सहसंयोजक भुसालले बताए ।

महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको अध्यक्ष न्यौपानेले बताए । महोत्सवबाट आम्दानी भएको रकम मध्ये सामाजिक क्षेत्रमा खर्चिने भएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए ।

जिल्ला कृषि, पर्यटन, धार्मिक स्थलहरुको उचित प्रचार प्रसार नभएकाले यसको प्रचार प्रसारगरि जिल्लाको पर्यटन र धार्मिक धरोहरलाई प्रबद्र्धन गर्नका निम्ति महोत्सवले टेवा पुराउने महासचिव भण्डारीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D