gulminews logo
मंगलवार, २०८१ बैशाख ११

चैतमा तेस्रो गुल्मी महोत्सव हुने

फाइल तस्बिर

अनिल खत्री
गुल्मी पुस ६ । कृषि पर्यटन,उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा चैत फागुनमा तेस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा यहि आउँदो चैत १६ गते देखि २५ गते सम्म महोत्सव गर्ने निर्णय भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
वाणिज्य संघले यस अघि फागुन ३ देखि गर्ने निर्णय गरेको थियो उक्त निर्णय बिशेष कारणले समय परिर्वतन गरिएको वाणिज्य संघ गुल्मीले जनाएको छ । महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।
१० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव भुसालले जानकारी दिए ।
वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पाद हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका दिँदै आएको छ ।
गएको २०७१ सालमा “गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन,उद्योग र व्यापार ” भन्ने नाराका साथ २२ फागुनदेखि ३० सम्म दोस्रो महोत्सव सम्पन्न भएको थियो । महोत्सवमा १ करोड ६४ लाख ७ हजार ६सय ६३ रुपयाको आम्दानी भएको थियो । आम्दानी मध्ये ६९लाख ५० हजार २ सय ६७ रुपया खर्च भएको थियो ।
महोत्सवबाट ३६ लाख ९७ हजार ३ सय ९६ बचत भएको थियो । महोत्सवमा आम्दानी भएको रकमबाट सुबिधा सम्पन्न झण्डै २÷३ सय मानिसहरु अटाउने सभाहलको निमार्ण गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D