gulminews logo
मंगलवार, २०८० चैत्र ६

चेम्बर अफ कमर्सले गर्याे कर अधिकृतलाई स्वागत

हुमाकान्त पाेखरेल
गुल्मी, १७ साउन । गुल्मी चेम्बर अफ कमर्सले करदाता सेवा कार्यालय, गुल्मीका कार्यालय प्रमुखलाई स्वागत गरेकाे छ । शनिबार चेम्बरकै कार्यालयमा एक कार्यक्रमकाे अायाेजना गरि कार्यालय प्रमुख विनाेद माझीलाई टीका तथा खादाले स्वागत गरेकाे हाे । कार्यक्रममा बाेल्दै संस्थाका संरक्षक दुर्गाप्रसाद पाण्डेले अाफुहरूले कार्यालय स्थापनाकाे लागि धेरै पहिलेदेखि नै पहल गरेकाेमा अहिले कार्यालय स्थापना हुँदा खुसि लागेकाे बताए । कार्यालय स्थापना भएसँगै व्यवसायीहरूलाई कर तिर्नकाे लागि पाल्पा वा बुटबल जानुपर्ने अवस्थाकाे अन्त्य भएकाे उनले बताए । करदाता सेवा कार्यालयका प्रमुख माझीले अाफुले सरल रूपमा सेवा प्रदान गर्ने प्रतिवद्वता जनाए । त्यसका साथै उनले सरकारले जारी गरेकाे अार्थिक एेन र व्यवसायीले तिर्नुपर्ने करकाे बारेमा पनि प्रष्ट पारेका थिए । चेम्बर अफ कमर्सका महासचिव कृष्ण भण्डारीले कार्यालयबाट प्रदान गरिने सेवा चुस्त दुरूस्त हुनेमा अाफु विश्वस्त रहेकाे बताए । नेपाल सरकारकाे २०७६ साल पाैष २१ गतेकाे निर्णयअनुसार गुल्मीमा करदाता सेवा कार्यालयकाे स्थापना भएकाे हाे ।

नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगपालिका १ क्याम्पसरोडमा कार्यालय स्थापना गरेको छ । जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पाल्पा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धी शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु शुभारम्भ गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले तिर्नं नपाएको कर पनि अब सहज रुपमा तम्घासबाटै तिर्न पाउने चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष विरेन्द्र भुसालले बताए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D