gulminews logo
बिहीबार, २०८१ बैशाख २०

चुनाव हार्दा-जित्दा जनताकै माझमा छौं: गोकर्ण बिष्ट

अनिल खत्री
३ कात्तिक, गुल्मी । नेकपा एमालेका सचिव एवं गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोकर्णराज बिष्टले चुनाव हार्दा पनि जनताकै माझमा रहेर काम गर्दै आएको बताएका छन् । चुनावी अभियानकै क्रममा पुर्कोटमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बिष्टले राजनिति चुनाव जित्नको लागि मात्र नभएको बताए । नले जनताको सेवा निम्ति चुनाव हार्दा र जित्दा जनताकै माझमा रहेर काम गर्दै आएको बताए । ०६४ सालमा चुनाव हार्दा पनि जनताको सेवक भएर काम गरेको बिष्टले बताए ।

चुनाव जित्नको लागि मात्रै अनुहार देखाउन आउन छैन मलाई बिष्टले भने,‘ दुइचार दिन धेरै भ्रम छर्न सकिएला तर त्यो भ्रम लामो समय टिक्दैन ।’ यस क्षेत्रमा भएका विकास निर्माणमा आफु जोडिएर काम गर्दै आएको बताए ।

जिवन भर जनताको सेवक भएर काम गर्ने उनले बताए । ०७४ सालको निर्वाचनमा १४ हजार मतान्तरले चुनाव जितेका बिष्टले यसपटक पनि त्यो भन्दा वढि मतान्तरले चुनाव जित्ने उद्घोष गरे ।

यसपटक कांग्रेस, माओवादीको उम्मेदवार नै नभएकाले सबैले विकासको निम्ति आफुलाई बिजयी गराउने बताए । यस निर्वाचन क्षेत्रमा आफु निर्वाचित भएर आएपछि बिद्युत, अस्पताल, बिद्यालय, खानेपानी, मोटरबाटो लगायतका धेरै काम भएको बिष्टले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D