gulminews logo
शुक्रबार, २०८० चैत्र १६

चाडपर्व लक्षित गरि गुल्मीमा यात्रु सहायता कक्ष स्थापना

मनोज कार्की
असोज, २६ गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको सयुंक्त पहलमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

चाडपर्वको समयमा यात्रा गर्दा सवारी चालक र धनीहरुले यात्रुहरुलाई अभद्र व्यवहार गर्ने, यात्रुहरुको समेत भीडभाड हुनेभएकाले यात्रुहरुको समस्यालाई समाधान गर्नका लागि सदरमुकाम तम्घासको बुढाथोकी बसपार्क, उदिनढुगां जिपपार्क र गुल्मीको प्रवेशद्धार रिडि बजारमा लगाएतका बिभिन्न नाकामा सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले जानाकारी दिए । दशैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गरी गुल्मीका बिभिन्न नाकाहरुमा सहायता कक्ष संचालन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार जिल्लाको सदरमुकाम तम्घास बुढाथोकी बसपार्कमा यात्रु , सवारी चालक,सवारी धनीलाई प्रहरीले पम्प्लेट बितरण गरेको थियो । ग्रामिण भेगमा गुड्ने सवारीले मनपरी भाडा असुल्ने , दोब्बर यात्रु बोक्ने सवारीलाई जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यलय गुल्मीले नियन्त्रणमा लिईरहेका छन् । जिल्ला बिभिन्न स्थानमा स्थापना गरिएका सहायता कक्षले यातायात व्यवसायी, यात्रु र अन्य सरोकारवालाहरुलाई कोरोनाको महामारीकाबीच सरकारले जारी गरेका सुरक्षा सतर्कताका मापदण्डहरुलाई कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D