gulminews logo
मंगलवार, २०८० चैत्र ६

चाडपर्व घरमै मनाउन गुल्मी प्रशासनको आदेश: मेला, जात्रा, सराँय गर्न पनि रोक

गुल्मी, २९ असोज । जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैं-तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन आदेश जारी गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माद्वारा जारी भएको आदेश पत्रमा दसैँका अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठ बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाचलगायतका गतिविधि नगर्न पनि आदेश जारी गरिएको छ ।

सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्वमा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आदेश दिएको हो ।

यदि अत्यवश्यक कामका लागि घरबाहिर निस्कन परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न समेत आग्रह गरेको छ ।

त्यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका व्यक्तिहरुलाई पनि रिपोर्ट नआउन्जेल होम क्वारेन्टिनमै बस्न भनिएको छ भने कसैले आदेशको अबज्ञा गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रमुख जिल्ला अधीकारी शर्माद्वारा हस्ताक्षरित आदेशपत्रमा जनाईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D