gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछाने पनि पक्राउ

काठमाडौँ — प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेको छ । चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार साँझ पक्राउ गरेको हो ।

रबि लामिछाने

लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरेका हौं’ ती उच्च अधिकारीले भने, ‘ अनुसन्धानपछि मात्र सबै कुरा बाहिर आउँछ ।’ यही साउन २० पत्रकार पुडानसैनी आत्महत्या गरेको अवस्थामा चितवनको एक होटलमा फेला परेका थिए ।पत्रकार पुडासैनीले लामिछाने र कँडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको मर्नअघि रेकर्ड गरेको भिडियोमा छ । प्रहरीले लामिछाने, कँडेल र अर्की युवती अस्मिता कार्की अनुसन्धान घेरामा राखेका थिए । कार्कीलाई बिहीबार दिउँसै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका लामिछाने, कँडेल र कार्कीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख छ । यसरी भिडियो सामाजिक सञ्जालमा सनीसनीपूर्णरुपमा छाएपछि प्रहरी तीनै जना पक्राउ गर्न बाध्य भएको हो । पुडासैनीले साउन २० मा चितवनस्थित कंगारू होटलमा आत्महत्या गरेका थिए । त्यसपछि चितवन प्रहरी हत्याको अनुसन्धान अघि बढाएको थियो । पुडासैनी कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

आत्महत्या गर्नुअघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएको देखिन्छ । करिब १० मिनेटभन्दा बढी भिडियोमा मर्नु पर्नाको कारण उनले स्पष्ट पारेका छन् । उनले भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेको देखिन्छ । उक्त भिडियो प्रहरीले बरामद गरेर परीक्षणका लागि फरेन्सिक ल्यावमा पठाएको थियो । मोवाइल र भिडियो प्रमाणित भएपछि प्रहरीले पक्राउ गरेको प्रहरीको दाबी छ ।
लामिछानेद्वारा सञ्चालित कार्यक्रममा केही महिनाअघि आबद्ध मृतक पुडासैनीलाई डिपेन्डेन्टमा अस्ट्रेलिया पठाइदिन ती युवतीसँग सञ्चारकर्मी कँडेलले भेट गराएको भिडियोमा छ ।

लामिछाने, कँडेल र पुडासैनीबीच खटपट सुरु भएपछि पत्रकार पुडानसैनीले काम छाडेको उल्लेख छ । त्यसपछि पुडासैनीविरुद्ध युवती कार्की रविको कार्यक्रममा पुगेको, लामिछाने र कँडेल आफूविरुद्ध कार्यक्रमको तयारी गरेसँगै आत्महत्या गर्न विवश भएको पुडासैनीको भिडियोमा छ ।

साभार : कान्तिपुरडेली डट कम

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D