gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

चन्द्रकोट घटनामा शव संगै घन पनि फेला परेको छ

प्रेम सुनार

बुटवल, कार्तिक १६ । शनिवार विहान गुल्मीको चन्द्रकोट गाउँपालिकामा वेवरिसे अवस्थामा मृत फेला परेकी एक महिला र अर्की पनि दुई वटीबालिका भएको खुलेको छ । दुई बालबालिकाको शव मध्ये महिलाको टाउँकोमा गहिरो चोट देखिएको छ । सो गाउँपालिका वडा नम्वर ३ साविक हर्राचौर गाविसको उर्लेनी भन्ने स्थानको कच्ची सडक देखि तल बेबरिसे तिन जनाको शव भेटिएको थियो ।

यस सम्वन्धमा सम्पर्क राख्दा जिल्ला प्रहरी प्रबक्ता डिएपी मिनबहादुर घलेले टाउँकोमा चोट फेला परेको र मृतक महिला बालबालिको म्ुचुल्का उठाउन थालिएको जानकारी दिए । तर अहिले सम्म शवको पहिचान हुन सकेको छैन । घटना स्थलमा पुगेका चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले कसैले हत्या नै गरेर फालेको ब्ुझ्न सकिने महिलाको मुहार देखि टाउँको सम्म लागेको घाउचोटले र घटना स्थलको प्रकृतिले देखाउछ ।

अध्यक्ष खत्रीका अनुसार ति महिलाको चेहरा , गहना र कपडाको पहिरन हेर्दा चन्द्रकोट गाउँपालिका भित्रकी महिला होईनन । अध्यक्ष खत्री भन्छन मंगोलियन चेहरा छ ज्ुन चेहरा रुकुम राल्पा , भित्रि प्युठान र बाग्लुङ्गको पनि भित्रि विकट गाउँका महिलाको जस्तो देखिन्छ । नाकमा नथिया लगाएकी छन । ति महिलाको शव नजिकै घन (हेम्बर) समेत फेला परेकोले त्यसले प्रहार गरि नरसंहार हत्या गरेको प्रत्यक्षदशीले अनुमान गरे पनि प्रहरीले प्रहरीले यहि नै हो भनेर भनेको छैन।

सुचना सुचना जरुरी सुचना !!!

यहि मिति २०७६ साल कार्तिक १६ गते शनिवारको दिन गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ३ हर्राचौरको उर्लेनीस्थित कच्ची सडक देखि तल मृत फेला परेकी एक महिला र दुई बालिकाको नाम ठेगना केहि खुृल्न नसकेकोले निम्न हुलिया भएकी महिला र दुई बालिकाहरु कसैका परिवारका सदस्य भए सुचित गरि दिनु हुन अनुरोध गरिन्छ ।

महिलाको हुलिया यस प्रकार छ –अन्दाजी २७ , २८ बर्षकी गहुँ गोरी । अन्दाजी पाँच फिट उचाई भएकी । कपाल कालो खैरो निलो टप्स लगाएकी । कालो सुईटर , बायाँ हातमा सुनको बाला लगाएकी , दाहिने खुट्टामा चाँदीको पाउजु लगाएकी , दाहिने हातमा घडी बाँधेकी दुई खुट्टाको माईली औलामा चाँदीको औठी लगाएकी । माईली औंलामा चाँदीको औठी लगाएकी महिला तपाईको कुनै आफन्त र बेपत्ता भए सुचित गरौं ।

त्यस्तै अन्दाजी १० , १२ बर्षकी गहुँ गोरी । अन्दाजी ३ फिट उचाई भएकी बालिका , निलो सेतो जिन्स पाईन्ट लगाएकी हरियो फुल टिशर्ट र कालो जुत्ता लगाएकी र अर्की पनि अन्दाजी सोही उमेर , सोही उचाई भएकी सेतो जिन्स पाईन्ट लगाएकी निलोमा रातो धर्का भएको ट्रयाकशुट भित्र रातो टिशर्ट लगाएकी बालिका शव भेटिएको छ । उनीहरुको मंगोलियन चेहरा रहेको छ ।

पुनश्च्वः यस्तो हुलिाय भएका महिला र बालिका तपाईको परिवारका सदस्य वा छिमेके हुन भने जिल्ला प्रहरी कार्यालय गुल्मी वा नजिकको प्रहरी कार्यालयमा सुचित गरि दिन अनुरोध गरिन्छ । अनुरोधकः जिल्ला प्रहरी कार्यालय गुल्मी घटना स्थल सदरमुकाम तम्घास देखि पुर्व करिव ४० किलो मिटर दुरीमा पर्दछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D