विवेक क्षत्री
३० असार । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका द्वारा आज सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंध गुल्मीले सहजीकरण गरेको थियो।
चन्द्रकोट गाउँपालिकाको अध्यक्ष द्रोण खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष गरि सडक निर्माण, बिधुतको निरन्तर कटौती, बजार अनुगमनमा हुने लापरबाही, कोरोना न्यूनीकरणमा गाउँपालिकाको भुमिका जस्ता विभिन्न विषयमा छलफल भएको छ । विशेष गरि आफ्नै गाउँपालिकामा ५ मेगावाट विद्युत उत्पादन हुदा पनि किन चन्द्रकोट गाउँपालिका अन्धकारमा परेको भनी गुनासो आएको थियो ।