gulminews logo
मंगलवार, २०८० चैत्र ६

चन्द्रकोट गाउँपालिकामा शुक्रवार सार्बजनिक बिदा

अनिल खत्री
१६ मंसिर, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले भोलि स्थानीय सार्बजनिक बिदा दिने भएको छ । बाला चतुर्दशी अबसरमा सतबिज छर्ने पर्वको अबसरमा यस क्षेत्रमा मानिदै चक्रेश्वर मेला अबसरको अबसरमा सार्बजनिक बिदा दिने भएको हो ।

गाउँपालिकाले बिहिवार एक सूचना जारी गर्दै शुक्रवार बाला चतुर्दशीका दिन चन्द्रकोट गाउँपालिकाको धार्मिक तथा पर्यटकीय मेला चक्रेश्वर मेलाको अबसरमा यस चन्द्रकोट गाउँपालिकामा स्थानीय सार्बजनिक दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले बताए । मेलाको अबसरमा स्थानीय सार्बजनिक बिदाको लागि मंसिर १५ गतेको गाउँकार्यपालिकाले निर्णय गरेको थियो ।

बाला चतुर्दशीको अबसरको जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरमासतबिज छर्ने पर्वको अबसरमा यस क्षेत्रको चर्चित एबं धर्मिकरुपले पनि लोकप्रिय मानिदै चक्रेश्वर मेला लाग्ने गर्दछ । हिन्दु धर्म अनुसार बाला चर्तुदसीको अबसरमा सतबिज छर्नाले पुन्यलाभ हुने जनबिश्वास रहि आएकोले यस क्षेत्रमान बिगत सयौ वर्ष पहिले देखि नै पुजा आज हँुदै आएको छ ।

धार्मिक रुपले पनि निकै महत्वपुर्ण मानिएको यस क्षेत्रको यो पर्व तथा मेलामा चर्तित राष्ट्रिय कलाकारहरु ल्याएर कार्यक्रम हुने गर्दछ । चक्रेश्वरमेलामा जिल्लाका बिभिन्न ठाउ सहित बाग्लुङ्ग,पाल्पा,वुटवल सम्मका तिर्थालुले अबलोकन गर्न आउने गर्दछन् ।

मेलासँगै त्यस स्थानमा रहेका अर्जेवाको झरना, टिमुरे लेक, कौडेभुलेनीको लेक, सिद्धबाबा, चन्द्रकोट मन्दिर, दिबरुङ्ग शिवालय, चक्रेश्वर शिवालय लगायतका पर्यटकीय क्षेत्रको प्रचा प्रसार गर्न सहयोग गर्दै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D