gulminews logo
बुधबार, २०८१ बैशाख १२

चन्द्रकोटमा २ दिने निःशुल्क आँखा अप्रेशन शिविर सम्पन्न, करिब ३ सय जनाले गरे आँखा जाँच

महेश बोहरा
जेठ १४, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा २ दिने निःशुल्क आँखा अप्रेशन शिविर शनिबार सम्पन्न भएको छ । शान्तिपुर आँखा उपचार केन्द्रमा जेष्ठ १३ र १४ गते शिविर सञ्चालन भएको हो । उक्त शिविरबाट झण्डै ३ सय जना बिरामीले लाभ लिएका छन् । ३३ जनाको निःशुल्क रुपमा मोतिया बिन्दुको अप्रेशन गरिएको छ भने अन्य बिरामीको सामान्य आँखा जाँच गरिएको छ ।

चन्द्रकोट गाउँपालिकाको आयोजना तथा लायन्स क्लव अफ बुटवल गुल्मी शान्तिपुर, नेपाल रेडक्रस सोसाईटी उपशाखा गुल्मीले सहयोग गरेको थियो । यस्तै नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र गुल्मी, शान्तिपुर आँखा उपचार केन्द्र गुल्मी र शान्तिपुर स्वास्थ्य चौकीको प्राविधिक सहयोग रहेको छ । कार्यक्रमको उद्घाटन समारोहमा गाउँपालकिाका अध्यक्ष युवराज केसी, निर्वाचन अधिकृत लोकनाथ भुसाल, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षत्री, स्वास्थ्य शाखा संयोजक प्रकाश शर्मा, निवर्तमान उपाध्यक्ष राधिका अर्याल, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष युवराज केसीले कार्यक्रम सफलताको कामना गर्नुभयो । उहाँले लाभग्राीका साथै अन्य सरोकारवाला ब्यक्तिहरुको माझमा चेतना पुग्न सकोस भन्ने कामना पनि गर्नुभयो । जनप्रतिनिधिहरुको पूर्णता पछि कार्यपालिकाको बैठक बसी गाउँपालिकाले निर्णय गरी अगाडी बढ्ने बताउनुभयो । आँखा संवेदनशील अंग भएका कारणले बिषेश ध्यान दिन पर्नेमा स्वास्थ्यर्कीले सचेत गराएका छन । शान्तिपुर आँखा उपचार केन्द्र गुल्मीका कार्यालय प्रमुख सुदिप पौडेलले आँखाको जाँच गर्नुभएको थियो । यस्तै नेत्र रोग बिशेषज्ञ डाक्टर सुचन कुमार पुनले सर्जरी गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D