gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

चन्द्रकाेट २ विशुखर्कमा माओवादी केन्द्रकाे कमिटी गठन, अध्यक्षमा सुमित्रा सापकोटा

गुल्मी, १६ असाैज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) चन्द्रकाेट गाउँपालिका वडा नम्बर २ विशुखर्ककाे वडा कमिटी गठन भएको छ । पार्टीको शुक्रबार सम्पन्न वडा सम्मेलनले सुमित्रा सापकाेटाकाे अध्यक्षतामा २९ सदस्यीय वडा कमिटीको गठन गरेकाे हाे ।

कमिटीकाे उपाध्यक्षमा टिकाराम शर्मा, सचिवमा किसन विश्वकर्मा, सह-सचिवमा बसन्त गाैतम, काेषाध्यक्षमा नमराज पाैडेल लगायत अन्य सदस्यहरू रहेका छन् । सम्मेलनले गंगा बहादुर सार्कको संयाेजकत्वमा नाै सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । कार्यक्रमकाे अवसरमा विभिन्न पार्टी परित्याग गरि लेखनाथ गाैतम, गिरि प्रसाद गुरुङ्ग, दान कुमारी गुरुङ्ग, वीर वहादुर श्रीस, दिपक गाैतम र माधव गाैतम माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नव प्रवेशिहरूलाई पार्टीका लुम्बिनी प्रदेश कार्यालय सचिव सुदर्शन बराल र लुम्बिनी प्रदेश कमिटी सदस्य युवराज केसीले स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि बरालले अब माओवादी केन्द्र देशमै पहिलाे पार्टी बन्ने बताए । त्यसका साथै पछिल्लो समयमा पार्टी पुनर्गठनकाे महाअभियान चलिरहेकाेले अाफुहरू प्रत्येक गाउँ टाेलमा पुगेर संगठन निर्माण गरेकाे उनकाे भनाई छ । उनले यथास्थितिमा एम.सिसि पास नदिने माओवादी केन्द्रीकाे वर्तमान एजेन्डा नै रहेकाे उल्लेख गरे ।

नेता केसिले पार्टीको आगामि याेजनाका बिषयमा जानकारी गराएका थिए । त्यसका साथै उनले अब सबै एकढिक्का भएर पार्टी संगठनका काममा लाग्न सबैलाई अाग्रह गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D