gulminews logo
मंगलवार, २०८० चैत्र ६

चट्याङ लागेर एकै परिवारका ७ सहित ९ जना घाईते

सागर भण्डारी
गुल्मी, बैशाख २४ । गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घाईते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा एक्कासी चट्याङ मगर सहित उनका परिवारका ७ जना घाईते भएका हुन् ।

बिहान सुतिरहेको समयमा घरमा चट्याङ पर्दा उजिर मगर सगैं उनकी श्रीमती ६२ वर्षीय सतिकला गाहा, छोरा ३७ वर्षीय तुल बहादुर गाहा, बुहारी ३२ वर्षीय जुनी गाहा, नातिनी बुहारी १८ वर्षीय करिष्मा गाहा, नातिनी १४ वर्षीय मेलिना गाहा र नाति १८ वर्षीय जेनित गाहा घाईते भएका हुन् । त्यस्तै छिमेकी चित्र बहादुर गाहा र उनकी श्रीमती ज्योतिकला गाहा पनि घाईते भएका छन् ।

घाईते मध्ये करिष्माको अवस्था अत्यन्तै गम्भी रहेको बताईएको छ । त्यस्तै जुनी गाहा, मेलिस गाहा र जेनित गाहालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको र उनीहरुको अवस्था पनि गम्भी रहेको स्थानीय विमल छन्तेलले जानकारी दिनुभयो ।
त्यस्तै अन्य घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ । चट्याङले घरमा समेत क्षति पुगेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D