ग्लोबल बैंकद्धारा मुसिकोट नगरलाई ५० हजार सहयोग

हुमाकान्त पोखरेल
गुल्मी, ०९ असार । गुल्मीको मुसिकोट नगरपालिका वामीस्थित ग्लोबल आइ.एम्.ई. बैंक वामी शाखाले मुसिकोट नगरपालिकालाई ५० हजार आर्थिक सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको नियन्त्रणका ल ागि नगरपालिकाले सुरु गरेको विपत् राहत कोषमा बैंकले उक्त रकम जम्मा गरेको हो ।

बुधबार बैंकका प्रमुख माधव उपाध्यायले नगरपालिकाका मेयर सोमनाथ सापकोटालाई रकम जम्मा गरेको भौचर हस्तान्तरण गरे । भौचर बुझ्दै मेयर सापकोटाले सहयोग गर्ने ग्लोबल आइ.एम्.ई. बैंकलाई धन्यवाद् दिए । ‘विपद्को बेला जति रकमले ठुलो काम गर्छ ।’ उनले भने, ‘नागरिकको सुरक्षाका लागि बैंकले पनि दायित्व बोध गरेको छ, खुसि लागेको छ ।’ बैंकका प्रमुख उपाध्यायले नागरिकले गरेको कारोबारबाट नै सँस्था चल्ने भएकोले विपद् पर्दा सहयोग गरेको बताए ।

मुसिकोट नगरपालिकाले सुरुवात गरेको विपद् व्यवस्थापन कोषमा अहिलेसम्म एक करोडभन्दा बढी रकम संकलन भएको छ । कोष सुरु गरेदेखि हालसम्म एक करोड १८ लाख सात हजार ३४१ संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए । जसमध्ये नगरपालिकाका कर्मचारीहरुबाट एक लाख ४६ हजार ५५६, नगरभित्रका शिक्षकहरुबाट छ लाख २७ हजार २२०, बराह मन्दिर व्यवस्थापन समितिबाट २५ हजार सहयोग भएको छ ।

त्यस्तै मुसिकोट नगरपालिका ५ निवासी शिवराम भट्टराईबाट दुई हजार एक सय, खातामा भएको नगद मौज्दातबाट चार लाख २५ हजार ४०, गत आर्थिक बर्षको बैंक मौज्दातबाट छ लाख ४२५, मैत्री बहुउदेश्यीय सहकारी सँस्थाबाट २५ हजार सहयोग उपलब्ध भएको भण्डारीले बताए । त्यस्तै ५ नम्बर प्रदेश सरकारबाट १५ लाख, कार्यपालिकाबाट रकमान्तर गरेको रकमबाट ८९ लाख ६० हजार, धौलागिरी र सूर्योदय लघुवित्त वित्तिय सँस्थाबाट १०÷१० हजार तथा ग्लोबल आइ.एम्.ई. बैंकबाट ५० लाख सहयोग उपलब्ध भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D