काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मीमा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले जिल्लाको छत्रकोट गाउँपालिका ३ हर्दिनेटा, सोही गाँउपालिकाकै भेँडुवा र गुल्मी जिल्लाकै गुल्मीदरबार गाउँपालिका २ हटियामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
यससगैं ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ८३ पुगेको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८३ वटा शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि/संपर्क कार्यालय माफर्त सेवा प्रदान गर्दे आइरहेको छ ।