ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा घाइते भएकी गुल्मी – १ का संसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो ।

अस्पतालले आज बिहान नेपाल बाहिर लगेर सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएको थियो । उक्त सुझाव पछि भारतको मुम्बई लैजाने तयारी भइरहेको थियो ।
गएराति भएको विस्फोटमा उनको ७० प्रतिशत भाग जलेको थियो ।