गोठ भत्किंदा भैंसी र बाख्रा मरे, ठाउँ ठाउँमा पहिरोले घरहरु जोखिममा

गुल्मिन्युज
८ असोज, गुल्मी । निरन्तरको बर्षातले जिल्लामा धेरै तिर साना ठुला पहिरो जाँदा लाखौँको क्षति भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका वार्ड नं. २ (साविक जुभुङ्ग) को घुर्मी सातडाँडा भन्ने ठाउँमा स्थानीय टेक बहादुर गाहाको गोठ भत्किंदा गाहाका १ भैंसी र २ बाख्रा मरेका छन् भने अरु २ बाख्रा र बंगुर घाइते भएका छन् ।

साथै सोहि स्थानको राज बहादुर गाहाको पनि घर र ट्वाइलेट पहिरोले पुरिएको छ । जुभुङ्ग कै हुल्टुङ्ग बाटार भन्ने स्थानमा पनि पहिरो जाँदा २ घरहरु जोखिममा रहेको छ । बर्षाले गर्दा यस वडामा मानवीय क्षति नभए पनि लाखौंको भौतिक क्षति भएको वडा अध्यक्ष हरिहर गौतमले बताउनु भयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D