gulminews logo
शनिबार, २०८१ बैशाख १५

गोकर्ण बिष्टले जिल्ला पठाए ३ सय पिपइ र स्वास्थ्य सामग्री

टोपलाल अर्याल
गुल्मी, २६ चैत । गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्टले गुल्मी जिल्लाका लागि तीन सय थान पिपिइ, माक्स र सेनिटाइजर पठाएका छन् । पछिल्ला सयम कोरोना संक्रमणको जोखिम अझै बढ्दै गएको छ । तर जिल्लामा काम गर्ने स्वास्थ्यकर्मीहरु पिपिइको अभावमा जोखिम मोलेरै स्वास्थ्य सेवा प्रबाह गर्न बाध्य छन् ।

कोरोना संक्रमणको रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन निकै कसरत गरेर पिपिइ पठाइएको बिष्टले बताए । उनले सवै पिपिइ प्रमुख जिल्ला अधिकारी मार्फत आवश्यकताको आधारमा जिल्लाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पु¥याउने बताए । ‘देशकै परिस्थतीसंग कसरी जुध्ने निकै गम्भीर भएका छौ, त्यो माथि जिल्लाको बिषयमा पनि प्रशासन र स्थानीय तहसंग छलफल र संवाद गरेको छु,’उनले भने,‘थप सजकता र समन्वयका खाँचो छ ।’

आत्म अनुशासनमा बस्न सवैलाई आग्रह

उनले गुल्मेली जनताहरुलाई आत्मअनुशासन मार्फत घरमै बसेर कोरोना संक्रमणबाट आफु, आफ्नो परिवार र समुदायलाई क्षति हुनबाट बचाउन आग्रह गरे । नेता बिष्टले प्रतिकुल परिस्थतीको चपेटामा सवैभन्दा पहिला बिपन्न एवं असाहय परिवार पर्ने भएकाले राहत बितरणमा बिलम्ब नगर्न र पारदर्शी हिसावले न्यायोचित तरिकाले वितरण गर्न सम्पूर्ण स्थानीय तहलाई अनुरोध गरे । साथै यो बिषम परिस्थितिमा आत्मवल उच्च बनाएर स्वास्थ्य सेवामा खटिन सम्पूर्ण स्वास्थ्यकर्मीलाई आग्रह गरे । राहत वितरणमा बिष्टको सचिवालयले जिल्लाका स्थानीय तहहरुसंग समन्वय गरेर सहयोग गरिरहेको छ ।

स्वास्थ्य सामग्रीको चरम संकटका बेला पनि गुल्मी क्षेत्र नं २ का विभिन्न स्थानीय तहहरुमा एक सय ८० सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठुलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको पुर्व मन्त्री गोकर्ण बिष्टका स्वकीय सचिव रमेश काउछाले बताए । उनले आफू लगायत बुद्धि जिसी, बिमल घिमिरे, लिला खरेल, सुशिल कुमार भट्राई, डिपि पोख्रेल, खिमराज अधिकारी मदन खनाल र भुवन केसी लगायतका नेकपाका नेताहरु काठमाण्डौमा निरन्तर समन्वय गरेर जिल्लाको अभावमा निरन्तर लागेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D