gulminews logo
बुधबार, २०८१ बैशाख २६

गैरदलितकोमा पसेपछि १५ सय जरिवाना; घर पवित्र बनाउन पुजापाठ

कार्यपालिका सदस्यनै जातिय छुवाछुतबाट पीडित

टोपलाल अर्याल
गुल्मी, १ जेठ। जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङमा दलित युवा गैरदलितकोमा पसेको भन्दै १५ सय जरिवाना गरिएको छ । फोक्सिङ रिमका नेत्र काउचाको घरमा पसेको भन्दै सोहि स्थानका श्याम बहादुर परियारलाई जरिवाना गरिएको हो । मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउने भन्दै जरिवाना गरिएको पीडित परियारले बताए । यो घटना बैशाख २२ गतेको हो । सोहि दिन स्थानीय माया परियारको मृत्यु भएको थियो ।

पीडित श्याम उनकै दाहासंस्कारमा गएर फर्कदै थिए । सोहि क्रममा ठुलो पानी प¥यो । उनी ओत खोज्दै नेत्र काउचाको घर पुगे । बताससंगैको ठुलो पानी परेकाले घरको बलेनीमा बस्ने अवस्था नभएपछि बाध्य भएर सोधेरै भित्र पसेको परियारले बताए । श्याम घरमा पसेपछि केहिबेरमै गाउँमा खैलाबैला भएको र घरधनी नेत्र काउचाले गाउँ समाज जम्मा गरेको छिमेकी सन्त बहादुर काउचाले बताए । उनले कानुनमा जे भने पनि गाउँमा व्यक्तिको घरमा पस्ने नपाइने भएकाले गाउँ मिलाउन आफुहरुले दलित परिवारकै सहमतिमा जरिवाना गरिएको बताए ।

‘पीडित परिवारले आक्रोसमा सात हजार भनेका थिए, बिपन्न भएकाले १५ सयको कागज ग¥यौ,’उनले भने,‘वडा कार्यालयमा निवेदन दिए छलफल गर्छौ ।’ उनले पीडित श्याम र उनका बुबा धन बहादु मदिरा सेवन गरेर आएर आफुहरुलाईनै गाली बेइज्यती गरेपनि आफुहरुले कुटपीट नगरेको काउचाले जानकारी दिए । पीडित श्याम बहादुर परिवारकी आमा कौशिला परियार कालिगण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य हुन् । यो बिषयको बारेमा अहिलेसम्म किन कानुनी उपचार खोज्नु भएन भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले आफु माइली आमा वितेको शोकमा र बाहिर जान नमिल्ने भएकाले केहि नगरेर बसेको बताइन् ।

‘गाउँले सवै एक जुट भएर दबाबमा जरिवाना गरे, सोहि दिन आमा बितेकाले कानुनी उपचार भएन,’उनले भनिन,‘अव न्याय खोज्दैछु ।’ कालिगण्डकी गाउँपालिका वडा नं ५ फोक्सिङका वडाध्यक्ष थम्मनसिंह आलेले अहिलेसम्म आफुलाई घटनाको बिषयमा कसैले जानकारी नदिएको बताए । उनले बिहिबार दुवै परिवारलाई भेटेर पीडित पक्षलाई शुक्रबार वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको जानकारी दिए । दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले अहिलेको अवस्थामा गाउँले मिलेर घर पसेकै आरोपमा जरिवाना गर्नु निन्दनीय भएको बताए । उनले दुवै परिवारको सत्य तथ्य बुझेर कारबाहीको प्रक्रिया अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D