गृहमन्त्री जी के हुँदैछ गुल्मीमा ? सार्वजनिक स्पष्टिकरण चाहियो: कांग्रेस

सन्जु काउछा
असौज ०५ । गृहमन्त्री जे के हुँदै छ गुल्मीमा? नेपाली कांग्रेसले गृहमन्त्रीलाई सोधेको प्रश्न हो । नेपाली कांग्रेस गुल्मीले जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यालय अघि गरेको विरोध प्रदर्शनमा झडप भएपछी नेपाली कांग्रेस केन्द्रिय कार्यलयले एक बिज्ञप्ती जारी गर्दै गृहमन्त्रीलाई सार्वजनिक रुपमै प्रश्न गरेको हो ।

यो पनि पढ्नुस्: खास बिबादको बिषय के हो? दोषी किन पक्राउ परेनन् ?

जिल्लाकोे रेसुंगा नगरपालिका १२ को रानीपोखरीमा भएको कुटपिटमा संलग्न युवाहरुलाई कारवाहीको माग गर्दै गुल्मी कांग्रेसले सोमबार बिरोध प्रदर्शन गरेको थियो । कांग्रेस प्रवक्ता एवं सुचना, संचार तथा प्रचार बिभाग प्रमुख विश्व प्रकाश शर्माद्वारा हस्ताक्षरित बिज्ञप्तीमा कांग्रेसले आफ्नो शान्तिपूर्ण बिरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको भन्दै बिरोध जनाएको छ । झडपमा कांग्रेस जिल्ला सभापती भुवन प्रसाद श्रेष्ठ र नेता पूर्णबहादुुर केसी घाइते भएका छन् ।

“नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो ।”, बिज्ञप्तीमा भनिएको छ, “भौतिक दुरी कायम गर्दै निकालिएको र्‍यालीमा ज्ञापन पत्र बुझाउन जान प्रशासन कार्यालयमा प्रवेश रोकेर उल्टै बल प्रयोग गरियो ।”

कांग्रेसले पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि पनि प्रहरीले धरपकड र दुव्र्यवहार गरेको जनाएको छ ।

यसरी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा पनि प्रहरी लगाएर दमन गर्नु निन्दनीय भएको भन्दै घटनामा सलग्न भएका दोषीलाइ कारवाही गर्न पनि काँग्रेसले माग गरेको छ । विज्ञप्तीमा गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ? भन्ने प्रश्न गर्दै यस विषयमा सार्वजनिक रुपमा गृहले स्पष्टिकरण दिन समेत माग गरिएको छ ।

गुल्मीको सोही घटनाको बिषयलाई लिएर कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पनि आपत्ती जनाएका छन् । सोमबार बेलुका उनले आफ्नो फेसबुकमा लेखेका छन् “गुल्मीमा सत्ताको उन्मादमा अपराधीलाई प्रहरी प्रशासनबाट गरिएको संरक्षणको विरोध कार्यक्रममा पार्टी सभापति भुवन श्रेष्ठ, पूर्ण खत्री लगायतका साथीहरु घाइते भएको घटना प्रती खेद प्रकट गर्दछु ।” भण्डारीले अपराधीलाई तुरुन्त कानुनी दायरामा ल्याई कारवाही गर्न समेत माग गरेका छन् ।

त्यसैगरी सोमबार बेलुकै गुल्मी कांग्रेसले पनि एक बिज्ञप्ती जारी गर्दै दोषीलाई कारवाही सहित पीडितलाई न्यायको माग गरेको छ । पार्टी जिल्ला सचिब खिलध्वज पन्थीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, “घाईते पार्टी सभापती सहित जिम्मेवार नेताहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीहरुलाई कारवाही र पीडितहरुलाई न्याय दिलाउन माग गर्दछौँ ।” आफ्ना माग पुरा नभएमा संघर्षका कार्यक्रमहरु अगाडी सार्ने पनि कांग्रेस गुल्मीले चेतावनी दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ