gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मेली सरमाथा आरोही क्याप्टेन कार्कीलाई नगरमा सम्मान

टोपलाल अर्याल
गुल्मी, ११ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई मुसिकोट नगरपालिकाले सम्मान गरेको छ । मुसिकोट नगरपालिका ३ का कार्की नेपाली सेनाका अधिकृत (क्याप्टेन) हुन् । उनले केहि समय अघि नेपाली सेनाकै तर्फबाट सगरमाथा आरोहण गरेर गुल्मीसहित देशको शिर उँचो पारेका थिए ।

मुसिकोट नगरपालिकाले गुल्मेली गौरव कार्कीलाई आफ्नो गृहपालिकामा स्वागत तथा सम्मान गरेको मेयर जीवन खरेलले जानकारी दिए । उनले धेरै पहिलेबाटै नगरले सम्मानको योजना बनाएपनि समयका कारण गर्न नसकिएको बताए । खरेलले मुसिकोटको छोरा भएपनि देशकै शिर उँचो राख्ने कार्कीको कर्मको प्रसंसा गरे । कलिलो उमेरमा कार्कीले प्राप्त गरेको सफलता र शाहस देखेर चौतर्फी प्रसंसा भइरहेको छ ।

होटल व्यावसाय गर्ने बुबा सुरज र आमा सरस्वती कार्की सहित नगरपालिकाले सपरिवारलाई सम्मान गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D