गुल्मेली दुई मन्त्री उद्घाटनमा व्यस्त: जिल्लामा बिद्यालय देखी पुल सम्म उद्घाटन, १ दर्जन बढी कार्यक्रममा सहभागी

टोपलाल अर्याल
गुल्मी, ४ मंसिर । गुल्मीका दुई जना संघिय मन्त्री छन् । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट । दुवै व्यस्त र महत्पूर्ण मन्त्रालयमा हुन् । तर दुवै जना जिल्ला भ्रमणमा पनि त्यतिकै आउने गरेका छन् । पछिल्लो एक महिनामा दुवै जना मन्त्री गाउँ आए र एक दर्जन बढि कार्यक्रममा सहभागी भएर फर्किए ।

दुई मन्त्रीद्धारा पाँच स्वास्थ्यचौकी उद्घाटन
परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले आइतबार जुभुङ स्वास्थ्यचौकी उद्घाटन गरे । केहि दिन अघि श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आफ्नो निर्वाचन क्षेत्रका चार स्वास्थ्यचौकीको उद्घाटन गरे । मालिका गाउँपालिका ६ अर्जेमा ल्यावसहित अर्जे स्वास्थ्यचौकीको भवन र मालिका गाउँपालिका ५ को छापहिले स्वास्थ्यचौकी भवन एकै दिन उद्घाटन गरेको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । त्यस्तै धुर्कोट गाउँपालिका ५ को वस्तु स्वास्थ्यचौकी र इस्मा गाउँपालिका १ को हस्तिचौर स्वास्थ्यचौकी एकै दिन उद्घाटन भएको नेकपा जिल्ला सचिव बीर बहादुर कार्कीले बताए ।

बिद्यालयदेखि पुल उद्घाटन
परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले पछिल्लो जिल्ला भ्रमणका क्रममा उपल्लो तम्घास माविको चार कोठे नयाँ भवन उद्घाटन गरे । बिद्यालयको राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आर्थिक सहयोगमा गत बर्षदेखि निर्माण कार्य सुरु भएको थियो । कुल ६९ लाख ७८ हजार एक सय १२ रुपैयाँको लागतमा सम्पन्न भएको प्रध्यानाध्यापक राममणी पन्थीले बताए । बिद्यालयमा ०५९ सालदेखि सुस्त श्रवण र बौद्धिक अपांगता भएका ३२ जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएको पन्थीले बताए ।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले इस्मा गाउँपालिका ६ अम्मरपुरको गोविन्द रत्ना लोकतान्त्रिक आधाभुत बिद्यालयको उद्घाटन गरे । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आर्थिक सहयोगमा गत बर्षदेखि निर्माण कार्य सुरु भएको थियो । बिद्यालय कुल ६१ लाख ६१ हजार रुपैयाँको लागतमा सम्पन्न भएको प्रध्यानाध्यापक तिलक केसीले बताए । बिद्यालयमा एक सय ३५ जना बिपन्न कुमाल तथा क्षेत्री जातिका बिद्यार्थीहरुले अध्धयन गर्दै आएका छन् । मन्त्री बिष्टले इस्मा गाउँपालिका १ र २ जोड्ने छिनुवा झोलुङ्गे पुलको समेत उद्घाटन गरे । पुल बनेपनि इस्माका वडा नं १, २, ३ र धुर्कोट गाउँपालिका ५ का नागरिकलाई बर्षातमा खोलो तर्ने जोखिम हटेको छ ।

रेसुङा एयरपोर्ट र गुल्मी अस्पतालको चासो
परराष्ट्र मन्त्री पदिप कुमार ज्ञवालीले निर्माणाधिन रेसुङा एयरपोर्ट तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले गुल्मी अस्पतालको निरिक्षण गरेका छन् । मन्त्री ज्ञवालीले निर्माण व्यावसायीलाई निर्माणमा छिटोभन्दा छिटो निर्माण कार्य अगाडी बढाएर ०७७ जेठसम्म नियमित उडानको वातावरण सृजना गर्न आग्रह गरे । यो बर्ष धावन मार्ग कालो पत्रे गर्ने र अन्य संरचना निर्माणको लागि ठेक्का भएर काम अगाडी बढेको छ । भने ५५ करोडको लागतका अत्याधुनिक गुल्मी अस्पताल निर्माण हुने भएको छ । मन्त्री गोकर्ण बिष्टले अस्पताल निर्माण स्थलको निरिक्षण गर्दै र अब बन्ने गुल्मी अस्पताल यो जिल्लासंगै अर्घाखाँचीका जनताको पनि भाग्य र भविष्य भएको बताए । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आर्थिक सहयोगमा अस्पताल बन्ने भएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D