gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी-२ मा चुनाव हारेपछी रामकुमारी झाँक्रीले दिइन् जितेका गोकर्ण बिष्टलाई बधाई

गुल्मी, मंसिर ०७ । गुल्मी क्षेत्र नम्बर २ मा चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई नेकपा एकीकृत समाजवादीबाट सोही क्षेत्रमा उम्मेदवार रहेर पराजित भएकी रामकुमारी झाक्रीले बधाई दिएकी छन्।

‘यो निर्वाचनमा विजयी मेरो आदारणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना,’ उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्, ‘गुल्मीको समग्र विकास र समृद्धि यात्रामा म सधैं साथमा रहनेछु।’

उनले निर्वाचन आफ्ना लागि रोमान्चक रहेको पनि बताएकी छन्।

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी,’ उनले भनेकी छन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ। डर लाग्दो छ।’

उनले जय र पराजय सामान्य प्रक्रिया भएको र अत्यन्तै सहज रूपमा लिएको बताएकी छन्।

‘मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधैं ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू। गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ताहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू, स्वयम सेवक र पत्रकार, समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यबाद दिन चाहान्छु।’

यहाँ एमाले उम्मेदवार गोकर्ण बिष्ट २८ हजार ४ सय ८५ मत ल्याएर चुनाव जितेका छन् भने झाक्रीले २६ हजार ४ सय ४२ मात्रै ल्याएकी छन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D