gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मी २ मा गठबन्धन बिरुद्ध बागि उम्मेदवारी दिएका भुसालको उम्मेदवारी कायमै

अनिल खत्री
२६ असोज, गुल्मी । गुल्मीमा सत्ता गठबन्धनका उम्मेदवारलाई टक्कर दिँदै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसालले मनोनयन फिर्ता नलिने भएका छन् । उम्मेदवारको मनोनयन फिर्ता लिने अवधीसम्म फिर्ता नलिएकाले भुसालले उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दामोदर भुसाल

गुल्मी क्षेत्रनम्बर–२ मा गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डाक्टर दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति समेत बनेका भुसाल हाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य हुन् । उनलाई नेपाली कांग्रेस क्षेत्रिय समितिबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी सिफारि गरेको थियो । भुसालले गठबन्धन गरेर अन्य पार्टीलाई उम्मेदवार जाँदा पार्टी संरचना ध्वस्त हुने भन्दै पार्टी जोगाउन आफनो उम्मेदवारी कायम रहेको बताए ।

यस क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षदेखि नेपाली कांग्रेसले बिजयी स्वद नपाएकाले आफनो उम्मेदवारी त्यो पुरा गर्ने बताए । उनले गुल्मी कांग्रेसका कार्यकर्ताको भावनालाई सम्बोधन लागि उम्मेदवारी रहेको बताए । गुल्मी जिल्लाको समग्र विकासका लागि आफनो उम्मेदवारी भएको प्रतिक्रिया दिए । अब बैकल्पीक शक्तीको आवाज जनताबाट आइरहेकाले पनि लोकतन्त्रकको रक्षाको निम्ति उम्मेदवारी दिएको बताए ।

गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ मा अर्का स्वातन्त्र उम्मेदवार नरेन्द्र अर्यालले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । उनि नेपाली कांग्रेसबाट बिद्रोह गरेर गुल्मी क्षेत्रनम्बर–२ को प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर गठबन्धनका उम्मेदवारलाई सधाउदै आफनो उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट गोकर्णराज बिष्टले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभाका लागि क्षेत्रनम्बर–२ (क) डिल्लीराज भुसाल र प्रदेश सभा (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका छन्् ।

त्यस्तै क्षेत्रनम्बर–२ मा गठबन्धनबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएकी छन् । प्रदेश सभाका लागि क्षेत्रनम्बर–२ (क) बाट नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र प्रदेश सभा (ख) बाट बुद्धि जिसीले मनोनयन दर्ता गराएका छन् । क्षेत्रनम्बर–२ मा प्रतिनिधि सभा र प्रदेश सभाका तिन जना निर्वाचित पदका लागि ३१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D