gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी २ मा एमालेका बिष्ट झन्डै २० हजार मत सहित अगाडि, कुन स्वतन्त्र उम्मेदवारले कती मत पाए ? हेर्नुस्:

सन्जु काउछा
गुल्मी, मंसिर ०७ । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले आफ्ना निकटतम प्रतिद्वन्तीसँगको मतान्तर फराकिलो पार्दै अग्रता कायमै राखेका छन् ।

प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा ३८ हजार २६१ मत गन्दा सम्मा नेकपा एमालेका बिष्टले १९ हजार १८४ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले १६ हजार ७०८ मतसहित उनलाई पछ्याइरहेकी छन् । पछील्लो मतगणना अनुसार झाँक्री भन्दा बिष्ट २ हजार ४७६ मतले अगाडि छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार कमला पुनको चुनावी चिन्ह सिरिन्जमा ३३९ मत, हलो चुनावी चिन्हमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युबराज घिमिरेले २६७ मत, हाम्रो नेपाल पार्टीका उम्मेदवार रामलाल पाण्डेको चुनाव चिन्ह लौरोमा ६८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार ठाकुर प्रसाद पाण्डेयको चुनाव चिन्ह तीरमा २०६ मत खसेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार अमर बहादुर कार्कीको चुनाव चिन्ह सुर्यमुखी फुलमा ६४ मत, मंगोल नेशनल अर्गनाईजेशनको चुनाव चिन्ह कुखुराको भाले पदम बहादुर थापाले ५९ मत र स्वतन्त्र उम्मेदवार केशर बहादुर थापाले अंगुरको झुप्पामा ९ मत र अर्का स्वतन्त्र उम्मेदवार तेजेन्द्र बहादुर महतले आफ्नो चुनावी चिन्ह खण्डे थालमा ३ भोट प्राप्त गरेका छन् । अर्का स्वतन्त्र उम्मेदवार देवराज कंडेलको कैँची चिन्हमा ३ मत र आफ्नो उम्मेदवारी निस्कृय गरेका दामोदर भुषालको चुनाव चिन्ह त्रिभुजमा पनि एक मत परेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D