गुल्मी, मंसिर ०६ । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय सहमति नजुट्दा आज साँझबाट हुने भनिएको मत गणना सुरु हुन सकेन ।
साँझ बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि भोलि पुन बैठक बसेर सहमति जुटाएर मत गणना सुरु गर्ने तयारी भएको छ । गुल्मीमा मंसिर ४ मा रोकिएको अर्वेनी मतदानकेन्द्रको आज पुन मतदान भएको थियो ।
गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालीगण्डकी गाउँपालिका-२ अर्बेनीमा रहेकाे भगवती माध्यमिक विद्यालयकाे ‘क’ र ‘ख’ केन्द्रमा स्थगित भएकाे मतदान आज पुन: सम्पन्न भएकाे हो ।
मतदान प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि चुनावी प्रक्रिया स्थगित भएको थियाे ।