गुल्मी, भदौ २४ । नेकपा माओवादी गुल्मीले क्षेत्र नं १ मा पार्टी अध्यक्ष प्रचण्डलाई पहिलो नम्बरमा उम्मेदवारको लागि सिफारिस गरेको छ । संघीय निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. १ गुल्मीको शुक्रबार सत्यवती गाउँपालिका स्थित खैरेनीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको संयोजक लिला थापामगरले जानकारी दिएकी छन् ।
प्रचण्डसँगै लक्ष्मण पन्त र मणिराम ज्ञवालीलाई संघीय उम्मेदवारको लागि सिफारिस गरेको छ भने प्रदेश ‘क’तर्फ पार्टी प्रदेश अध्यक्ष सुदर्शन बराल तथा सिर्जना तरामु र लिलबहादुर केसी र ‘ख तर्फ अशोक थापा, रामचन्द्र कंडेल, अशोक श्रेष्ठलाई सिफारिस गरिएको छ ।
प्रचन्ड यसअघि ५ जिल्लाबाट अध्यक्ष प्रचण्डलाई सिफारिस गरिसकेको छ ।
त्यस्तै क्षेत्र नम्वर २ मा संघिय निर्वाचनका लागि बीरबहादुर कार्की, भिमकान्त भण्डारी र निमबहादुर पाण्डे सिफारिस भएका छन् । त्यस क्षेत्रको प्रदेश क मा खुमबहादुर थापा, ठाकुर पाण्डे र दुर्गा बिक सिफारिस भएका छन्।
प्रदेश ख तर्फ बुद्धि जिसी, विनिता रोका पोखरेल र गोपाल कुँवर सिफारिस भएका छन् ।