गुल्मी हस्तिचौरका ७० जेष्ठ नागरिकलाई खादा र हर्लिक्स बितरण

टोपलाल अर्याल
गुल्मी, १५ असार । गुल्मीको इस्मा गाउँपालिका वडा नं १ को आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको नियमित कार्यक्रम अन्तरगत वडा भित्रका ८० बर्ष माथीका ७० जनालाई खादा र हर्लेस बितरण गरिएको वडा सचिव नर बहादुर अर्यालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, उपाध्यक्ष बिमला केशी सहितको टोलीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए ।
hastichaur news
कार्यक्रमलाई बोल्ने वक्ताहरुले पुरानो पुस्ता समाजको इतिहास भएकाले सम्मान र संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । पछिल्लो समय नयाँ पुस्ता परदेश र शहरमा तर पुरानो पुस्ता गाउँमा हुने प्रवृतिले पारिवारीक बिचलन भैरहेको छ । साथै कार्यक्रममा वडाध्यक्ष चुरा बहादुर खत्रीले जेष्ट नागरिकको आर्शिवाद र मायाका निम्ती सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा गाउँपालिका प्रमुख बिष्ट, उपप्रमुख केसी, वडाध्याक्ष खत्री, वडा सदस्यहरु, हिमालय माविका प्रचार्य ददिराम पन्थी, स्वास्थ्यचौकी प्रमुख समसुलहक मियाँ लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ