gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी हर्राचौरमा तीन जनाको हत्या गर्ने कास्कीमा पक्राउ, मारिने मोरङका रहेको खुलासा

घनश्याम गौतम
रुपन्देही, कार्तिक २८ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार बागलुङको गल्कोट नगरपालिका–८ थालेपोखराका माधव सुनार र पूर्णबहादुर सुनार पक्राउ परेका हुन् । घटनामा संलग्न एक जना फरार छन् ।

हर्राचौरको चौराली पोखराको जंगलमा कात्तिक १६ गते दुई बालिकासहित एक महिलाको विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । मृतक तीनै जनाको पहिचान खुलेको छैन ।

पक्राउ परेकाको प्रारम्भिक बयानमा उनीहरु कानेपोखरी गाउँपालिका–३ कानेपोखरी मोरङका रहेको जानकारी खुलेको छ । पक्राउ परेकालाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा लगिँदै गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले पक्राउ परेका दुवै जनालाई गुल्मी ल्याएपछि थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए । ईकान्तिपुर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D