gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मी विरबासका युवा मृत फेला, परिवारद्धारा हत्याको आशंका, २ जना प्रहरी नियन्त्रणमा

टोपलाल अर्याल
गुल्मी, ९ फागुन। गुल्मी दरवार गाउँपालिका ४ विरबासका ३२ बर्षीय मोहन प्रसाद चुँदाली मृत फेला परेका छन् । चुँदाली शुक्रबार बिहान घर नजिकै मृत अवस्थामा फेला परेका थिए । बिहिबार राति स्थानीय बिष्णु कंडेलसंग होटलमा संगै बसेका उनी बिहान मृत फेला परेपछि घटना थप रहस्यमय बनेको छ ।

बेलुका अवेरसम्म बिष्णु दाईलाई लिएर खाना खान आउँछु भनेर आफुलाई फोन गरेको श्रीमति सरस्वति चुँदालीले बताइन् । राति मोहन घर आएनन् । आफु निदाएपछि फोन नभएकोले बिहान मात्रै दुखद खबर सुनेको उनले बताइन् । बिहानै मोहन मृत अवस्थामा भेटिएपछि परिवार दिनभर शोकमा डुवेको छ । ‘बिहान बिस्तार छोडेकी थिइन्, वडा सदस्यले कसको शव छरे भन्दै उठाउन आएपछि हेर्न पुग्यौ,‘भाउजु मिना चुँदालीले भनिन्,‘देवरकै शव देखेपछि मुर्छा प¥यौ ।’ उनले चार बर्षदेखि बोलचाल बन्द भएका व्यक्तिसंग हिजोमात्रै बसेर खानपिन भएको र बिहान घटना घटेकाले हत्या बाहेक अरु केहि नहुने बताइन् ।

प्रहरीले अनुसन्धानको लागि कडेलसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘अहिले केहि भन्ने अवस्था छैन, दुई जना नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ,’जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिह खड्काले भने,‘परिवार बोलाएर जाहेरी लिने र शबको पोष्टमार्टम गर्न पनि बाँकीनै रहेको छ ।’ यातयात व्यावसायी समेत रहेका मृतक चुँदालीका श्रीमति, एक छोरा र छोरी रहेका छन् । मृतक चुँदालीको शब गुल्मी अस्पताल तम्घासको शब गृहमा राखिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D