कौरव खत्री
गुल्मी, १८ साउन । गुल्मी र बाग्लुङ्ग जोड्ने भर्माचौर झोलुङ्गे पुल मर्मत संम्भारका लागि आर्थिक सहयोग जुटदै गएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका १ भर्माचौर र बडिगाड गाँउपालिका ५ खौलार बाग्लुङ्ग जोड्ने भर्माचौर झोलुङ्गे पुलको गुल्मी तर्फको पुलको जिप भकारी अर्थात वाल भत्केपछि त्यसको मर्मत संम्भारका लागि गत विहिवारदेखि सहयोग अभियान सुरु गरिएको थियो ।
साथै उक्क्त झोलुङ्गे पुल मर्मत संम्भारका लागि अभियानबाट आजसम्म स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीहरुबाट करिव ८० हजार रकम संकलन जुटेको युवा समाजसेवी दिननाथ पौड्यालले जानकारी दिए ।

साथै उक्क्त पुलको वाल भत्केपछि स्थानीयवासीहरुलाई आफ्नो दैनिकी कामकाज र स–साना बालवालिकाहरुलाई आवात जावतमा समेत कठिनाई भएको छ ।
पुल मर्मत संम्भारको लागि आफूसक्दो आर्थिक सहयोग गरिदिन समेत समाजसेवी पौड्यालले आग्रह गरे ।







