gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मी रुरुक्षेत्र उप–निर्वाचनको तयारी पुरा

अनिल खत्री
१३ मंसिर, गुल्मी । गुल्मीमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीले रुरु क्षेत्र गाउँपालिका ६ मा १४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । वडाअध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ ।

निर्वाचन कार्यालयको तर्फबाट आबश्यक सम्पूर्ण तयारी पुरा भएको हो । निर्वाचनको मतदान स्थल निर्माण तथा कर्मचारी परिचालन लगायतका कामहरु सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताए ।निर्वाचनको लागि १ मतदान केन्द्र र २ स्थल तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ । जसको लागि २ जना मतदान अधिकृत, ४ जना सहायक मतदान अधिकृत ८ स्वयमसेवक, २ जना सहयोगी गरि १४ जना कर्मचारी बिहिवाट मतदान स्थलमा खटिएका छन् ।

मतदानको लागि बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय बलेटक्सारमा संकल गरेर शनिबार बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अनुसार मतदान स्थलको सुरक्षा को लागि नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना खटिएका छन् ।ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागि हुन मतदातालाई निरौलाले आग्रह गरे । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न गर्नआबयक सुरक्षा तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

निर्वाचनको लागि वडामा पुग्ने ४ स्थानका नाका शुक्रवार रातिबाट बन्द गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी सधान बाहेक अन्यलाई निर्वाचनको अबधीभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हँुदैछ । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।

निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिन्जाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् ।

त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदर रहेका छन् । वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D