gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी रुपाकोटका युवा चार दिनदेखि कालिगण्डकीमा बेपत्ता, सशस्त्र प्रहरीको गोताखोर मार्फत खोजी कार्य जारी

टोपलाल अर्याल
गुल्मी, १४ कार्तिक । कालिगण्डकी नदिमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका ८ का १९ बर्षीया युवा शंकर पौडेलको गोताखोर मार्फत खोजी कार्य सुरु गरिएको छ । पौडेल चार दिनदेखि कालिगण्डकीमा बेपत्ता छन् । उनी चन्द्रकोट गाउँपालिका ७ का ७६ बर्षीया थनेश्वर न्यौपानेको मलामी गएका थिए ।

सोहि क्रममा सत्यवती गाउँपालिका १ रुद्रवेणीघाटमा नुहाउने क्रममा पौडेल कालिगण्डकीमा डुवेका थिए । तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेपनि नभेटिए पछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले जानकारी दिए । उनले जिल्ला स्थित सुरक्षा निकाय र बिपद् व्यावस्थापनको तर्फबाट गरिने सवै उपाय प्रयोग गरिएको बताए ।

‘चाडपर्वको बेला परिवारसंगै गाउँनै शोकमा डुवेको छ । हामी पनि गम्भिर भएर खोजी कार्यमा जुटेका छौ,‘उनले भने,’शव भएपनि बुझाउन पाए ठुलै उपलब्धि हुन्थ्यो ।’ बिहिबार बिहानैबाट प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सशस्त्र प्रहरी वल गुल्मीमा प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्साल, संग्राम सार्दुल गुल्मका मेजर राजन भुजुसहितको टोली घटनास्थल रुद्रवेणी पुगेको छ ।

दिनभर खोजीकार्य भएपनि शव फेला पार्न नसकिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्सालले जानकारी दिए । प्रादेशिक विपद् व्यावस्थापन लुम्बिनी प्रदेश बाँकेबाट सशस्त्र प्रहरी निरिक्षक भुपाल विक्रम शाहको नेतृत्वमा सात जनाको टोली गुल्मी आएको छ । ‘चिसोमा टोली निकै भिडेका छन् । तर, शब भेटिएन संभावित सवै स्थानमा खोजी भएको छ’, उनले भने, ‘टोली फर्केपछिका अरु उपाय छैनन् ।’

अप्डेट: यसअघीको अर्को समाचारमा पौडेलको शव भेटिएको भन्ने प्रकाशित भएकोमा सच्याईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D