गुल्मी यातयात व्यवसायी संघले तम्घास अस्पताललाई दियो वाटर डिस्पेन्सर

रमेश विश्वकर्मा
गुल्मी, फागुन ११ । गुल्मी यातयात व्यवसायी संघ गुल्मीले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल तम्घासलाई वाटर डिस्पेन्सर प्रदान गरेको छ ।

आज गुल्मी यातयात व्यवसायी संघका महासचिव हिमाल कुवँर, कार्यालय प्रमुख डोल बहादुर कुवँर, पत्रकार, यातयात व्यवसायीहरु, सवारी चालक लगायतको सहभागितामा जिल्ला अस्पताल तम्घासलाई सो वाटर डिस्पेन्सर प्रदान गरिएको हो ।

वाटर डिस्पेन्सरले पानीलाई तातो चिसो बनाउने काम गर्छ । जसबाट बिरामीहरुलाई पानी प्रयोगका लागि सहजता मिल्ने भएकाले सो सामाग्री प्रदान गरिएको गुल्मी यातयात व्यवसायी संघका महासचिव हिमाल कुवँरले बताउनुभयो ।

अहिले गुल्मी यातयात व्यवसयी संघले जिल्लाका बिभिन्न ग्रामीण भेगहरु र लामो दुरिका गरी २ सय ७५ भन्दा बढी सवारी साधनहरु सञ्चालनमा ल्याएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ