gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी महोत्सव नजिकिन थालेपछि प्रचार प्रसारमा तिब्रता

अनिल खत्री
११ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्ने उद्देश्यले यहि चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सवको प्रचारप्रसार समेत तिब्र हुँदै गईरहेको छ । महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउनको लागी सहोत्सवसँग गठित उपसमितिहरुले आफ्ना समिति अन्र्तगतका जिम्मेवारीहरुलाई अघि बढाएसँगै महोत्सवको रौनक बढ्दै जान थालेको हो ।

महोत्सवलाई थप प्रभावकारी बनाउनका स्थानीय तहसम्म पुगेर प्रचारप्रचार समितिले सवैलाई चुले निम्तो दिन थालेको छ । गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं प्रचार प्रसार समितका संयोजक श्रीप्रपाद भलामी र रामप्रसाद पन्थीकोे नेतृत्वमा परिचालन गरिएको प्रचार प्रसार समितिले जिल्लाका सवै स्थानीय तहतमा पुगेर त्यहाँका जनप्रतिनिधिहरुसँग भेटघाट समेत गरेको छ ।

दुई नगरपालीका र दश गाउँपालीका रहेको गुल्मीमा प्रचार प्रचार समितिले सवै क्षेत्रमा पुगेर नगर प्रमुख, गाउँपालीका अध्यक्ष एवं त्यहाँका प्रशासकीय अधिकृतहरुसँग छलफल गरि महोत्सवलाई कसरी प्रभावकारी बनाउने र स्थानीय स्तरमा रहेका विभिन्न कला, संस्कृति, कृषि, व्यापार तथा उद्योग लगायतका सामग्रि र प्रस्तुहिरुलाई उल्लेख्य मात्रमा मेलामा कसरी बढी भन्दा बढी सहभागिता गराउने भन्ने विषयमा छलफल गरिएकोे थियो ।

गुल्मी उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको तेश्रो गुल्मी महोत्सव आर्थिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको भन्दै महोत्सवलाई स्थानीय तहवाट सक्दो सहयोग गर्ने स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएको प्रचार प्रचार समितिका संयोजक श्रीप्रसाद भलामीले बताउनु भयो ।

प्रचार प्रचार समितिले गुल्मीको रेसुंगा र मुसिकोट नगरपालीका सहित गुल्मीदरबार, छत्रकोट, रुरु, कालीगण्डकी, सत्यवती, चन्द्रकोट, ईस्मा, मालीका, मदाने र धुर्कोट गाउँपालीको भ्रमणगरि स्थानीयहरुलाई महोत्सको वारेमा जानकारी गराएको थियो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा दश दिनसम्म संचालन हुन लागेकोे उक्त महोत्सवको मुख्य स्वलोगन ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने रहेकोे छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका विभिन्न विधाका पाँच दर्जन भन्दा बढी कालाकारहरुको विविध साँगितिक प्रस्तुति रहने बताईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D