gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मी महोत्सवमा कुलेन्द्रको सालको पातमा रमाए दर्शक

अनिल खत्री
२६ चैत, गुल्मी । डाडै फुर्के सल्लो, सालको पातको टपरी, रुमाल हल्लाई हल्लाई, नजाउ है सानु पधेरीमा यी गीतका गायककार नाम सुन्न बित्तिकै दर्शको चिच्चावट आवाज आयो । अनि बन्यो गुन्जाएमान गुल्मी महोत्सव ।

सालको पात टपरी नहुने सल्लैको हे बरै भन्ने गीत जब गाउदै थिए गायक कुलेन्द्र बिकले दर्शक गायक सामु आएरै रमाए । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवमा दोस्रो दिनका कार्यक्रममा लोक दोहोरी गायक कुलेन्द्र बिकसँग दर्शक रमाएका हुन् ।

महोत्सवको दास्रो दिन प्रमुख आकर्षण बनेका गायक बिकले जब गीत गाउँन थाले तब चिदिचौरमा दर्शकले नाचेरै धुलो उडाए । शनिवार बिदाको दिन भएरपनि हुनसक्छ दर्शकको भिड महोत्सवमा उलेख्य थियो ।

त्यो सँगै कुलेन्द्र बिकले जति जति गीत गाउँदै गए उति उति दर्शक रमाए । सालको पातको गीत मात्रै दर्शको रोजाईमा तीनपटक वढि गाए ।

तर पनि दर्शको धित मरेन फेरि उनि नजाउ है सानी पधेरीमा भन्ने गीत गाए दर्शकले निकै रमाइलो महसुस गरे । उनले अर्को गीत गाए जिम्माल बाको आगनीमा भन्ने झनै रमाइलो महसुस गरे दर्शककले ।

कोरोनाको २ वर्षसम्म सार्बजनिक कार्यक्रम हेर्न नपाएका दर्शकलाई महोत्सवले निकै रमाइलो बनाएको हो । महोत्सवमा गायक बिकसँगै आएका लोप्रिय गायक चन्द्र शर्मा, कुलेन्द्र बिक, सीता राना, अनु राना, लालुमाया कुँवर, लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो ।

कोरोनाले काक्रान्त बनेर घरमै बस्न बाध्य गुल्मेलीहरुलाई महोत्सवले बिबिध पिडा बिर्साउने माध्यम बनेको छ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।

महोसत्वको तेस्रो दिन चैत २७ गतेका दिन राधिका हमाल, रमेशराज भट्टराई, कसुल वेल्वासे, सन्तोष केसी, तुल्सिंह रनपछाई, उज्वल गिरी, कुुसुम परियार, समिक्षा विसी लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D