gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मी महोत्सवको तयारी तिब्र

अनिल खत्री
१६ चैत, गुल्मी । आगामी चैत २५ देखि बैशाख ४ गते सम्म सञ्चालन हुन लागेको चौंथो गुल्मी महोत्सवको मिति नजिकिन थाले पछि महोत्सवको प्रचार प्रचार समेत तिब्र पारिन थालेका छन् । महोत्सव लाई थप प्रभावकारीे बनाउनको लागि जिल्ला सदरमुकाम तम्घास स्थित बिभिन्न आमा समुह, बिद्यालय, संघ संस्था लगायतका प्रमुखहरुसँग छलफल भएको छ ।

महोत्सवको उद्घाटन हुने दिनका लागि शोभा यात्रा कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरिएको महोत्सव प्रचारप्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए । महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न गठित ३४ वटा उपसमितिका संयोजकहरुसँग पनि छलफल भएको छ ।

समितिहरुले महोत्सव सम्पन्न गर्न आ–आफनो जिम्मेवारीमा भएगरेका प्रगतीहरुको बारेमा समिक्षा भएको भुसालले बताए । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको हो ।

महोत्सवमा झण्डै ६ दर्जन वढि बिभिन्न बिद्याका राष्ट्रिय कलाकारहरुको सहभागिता रहने भएको छ । महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव हुने स्थल चिदीचौरमा स्टल निर्माण हुन थालेको छ भने बजारमा बिभिन्न स्वागत व्यानरहरुले सजाउन थालेका छन् ।

चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ ।

सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ ।

अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ ।

महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D