गुल्मी महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने

अनिल खत्री
२८ फागुन गुल्मी । आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आगामी चैत १६ गते शुक्रवारबाट सुरु हुने महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएको महोत्सव मुल आयोजक समिति संयोजक एबं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।
महोत्सवको मिति नजिक आउन थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउनको लागी सहोत्सवसँग गठित उपसमितिहरुले बिभिन्न गतिबिधीहरुले बढाउन थालेका छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा यहि आउँदो चैतमा तेस्रो गुल्मी महोत्सव हुँदैछ ।
गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
महोत्सवलाई थप आकर्षण बनाउनको लागी महोत्सव अबधी भर मध्ये ४ दिन हेलिकप्टरको ब्यवस्था मिलाउने तयारी भइरहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने पुर्व अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सवमा हेलीकप्टरको व्यवस्था हुने भएसँगै महोत्सवमा थप आकर्षण हुने आयोजकले अन्मान गरेको छ । साँस्कृतिक पक्षलाई थप प्रभवकारी बनाउने उदेश्यले दोहोरी गीत प्रतियोगिता समेत राखिने भएको छ ।
महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष एबं महोत्सव मुल आयोजक समितिका संयोजक दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । गुल्मी रम्बा तारा दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट हुनेले रम्बा तयारी चाउचाउको तर्फबाट पुरस्कार पाउनेछन् । महोत्सवको मुख्य प्रयोजकमा भुसाल ट्याक्टर सप्लायर्सले गर्ने भएको छ ।
महोत्सवमा २ सय स्टल रहने भएका छन् । महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवलाई तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग हुँने भएको छ ।
चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D