gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मी महोत्सवको आय व्यय सार्बजनिक, ३५ लाख बचत

अनिल खत्री
१६ जेठ गुल्मी ।  तेस्रो गुल्मी महोत्सवको आय व्यय सार्बजनिक भएको छ । गुल्मी उद्योगा बाणिज्य संघ गुल्मीको आयोजनामा गएको चैत्र १६ गते देखि २५ गते सम्म सदरमुकाम तम्घासमा सम्पन्न महोत्सव सकिएको दुइ महिना पछी आय व्यय सार्बजनिक गरिएको हो ।
महोत्सवको बुधवार गुल्मी उद्योग बाणिज्य संघ गुल्मीमा एक कार्यक्रमको आयोजना गरेर सार्बजनिक गरिएको थियो । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै १० दिन सम्म चलेको महोत्सवमा १ करोड १६ लाख ८१ हजार ८ सय ५१ रुपयाँ कुल आम्दानी भएको बाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । कुल आम्दानी मध्ये ८१ लाख २५ हजार ६५ रुपयाँ खर्च भएको सर्बजनिक आम्दानी खर्च बिवरणमा उल्लेख गरिएको छ ।
महोत्सवबाट कुल रकम मध्ये ३५ लाख ५६ हजार ७ सय ८६ रुपयाँ बचत भएको महासचिव भुसालले बताए । महोत्सवमा २३ लाख २३ हजार ६० रुपयाँ उठन बाँकी रहेको आयोजकले जनाएको छ । महोत्सव सम्पन्न बिभिन्न सहयोग दाताहरुले रकम भुक्नाती नगरेकाले उठन बाँकी रहेको आम्दानी खर्च सार्बजनिक कार्यक्रममा जानकारी गराइएको थियो ।
महोत्सवमा सबै भन्दा वढी सँस्कृतिक कार्यक्रममा खर्च भएको देखिएको छ । महोत्सवको मुख्य आर्कषकको रुपमा रहेको सँस्कृतिक कार्यक्रममा १७ लाख ३० हजार ३ सय ३० रुपयाँ खर्च भएको पाइएको छ । त्यस्तै कम खर्च १७ हजार ६० रुपयाँ टिकट व्यावस्थापनमा खर्च भएको पाइएको छ । महोत्सवमा २ सय ८० स्टल रहेका थिए ।
वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।
‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव सञ्चालनमा थियो । महोत्सवमा गुल्मीमा उत्पादित बिभिन्न कृषि जन्य सामाग्रीहरुलाई मुख्य प्रथामिकता दिँदै ढिकी, जाँतो,मान्छेबाट कोल घुमाएर चिउरीको घिउ निकाल्ने,उखु पेल्ने, लगायत लोप उन्मुख हुन लागेका बिभिन्न पुराना सामाग्रीहरु प्रर्दशन गरिएको थियो । महोत्सवमा करिव १ लाख दर्शकले अबलोकन गरेको आयोजकले जनाएको छ । मेलामा कुल ६ करोड भन्दा वढीको कारोबार भएको आयोजकको अनुमान थियो ।

महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषाहरुलाई उजागर गर्ने उदेश्यले महोत्सव मार्फत नयाँ प्रतिभालाई प्रोत्साहन स्वरुपमा यस्ता कार्यक्रम राखिएको महोत्सव मुल आयोजक समिति संयोजक एबं बाणिज्य संघ गुल्मीका अध्यक्ष पाण्डेयले बताए । जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको आयोजकको अपेक्षा रहेको पाण्डेयले बताए ।
जिल्लाको सदरमुकाम तम्घासमा चलेको महोत्सवबाट जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण भूमिका रहेको महासचिव भुसालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D